arrow

मेयरको आदेशमा पत्रकारलाई सोधपुछ, प्रेस युनियनद्धारा ध्यानाकर्षण

logo
श्रीकृष्ण सिग्देल, 
प्रकाशित २०७७ जेठ २९ बिहिबार
Untitled-140.jpg

स्याङ्जा । समाचारको बिषयलाई लिएर स्याङजाका एक पत्रकारलाई प्रशासनमा उपस्थित गराई सोधपुछ गरेको घटनालाई नेपाल प्रेस युनियन स्याङजाले गम्भीरतापूर्वक लिएको जनाएको छ । 

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड– १९) संक्रमणको कारण आम जनजीवन गम्भीर प्रभावित बनेको बेला मानव जीवन रक्षाका निम्ति स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाईकर्मी र संचारकर्मीले अग्रभागमा रहेर खटिएका छन् ।  

यस्ता बिषम परिस्थितिमा एक समाचारका बिषयलाई लिएर नेपाल प्रेस युनियनका क्रियाशिल सदस्य तथा नेपाल समाचारपत्र राष्ट्रिय दैनिकमा कार्यरत भुपराज बस्याललाई स्थानीय प्रशासनले प्रहरी मार्फत जिल्ला प्रशासन कार्यालयमा उपस्थित गराई मंगलबार सोधपुछ गरेकोमा युनियले चासो बढाएको हो ।  

आमसञ्चार माध्यममा प्रकाशित–प्रशारित समाचारमा चित्त नबुझे उजुरी गर्ने बैधानिक बाटो छँदाछँदै पत्रकारको मनोबल गिराउने गरी गरिएको यस किसिमको प्रशासनिक कार्यलाई  प्रेस युनियन स्याङजाले निन्दनीय रहेको उल्लेख गरेको छ । 

प्रेस युनियनका अध्यक्ष प्रदिप कोइरालाद्धारा बुधवार जारी प्रेस विज्ञप्तिमा गल्याङ्का  स्वास्थ्य शाखा प्रमुख लिलाबल्लौ भण्डारीको आत्महत्याको विषयमा प्रकाशित केही अनलाइन आएका समाचारलाई लिएर पत्रकार बस्याललाई प्रशासनले सोधपुछ गरेको थियो । 

‘नेपाली प्रेसले हरेक अन्याय, अत्याचार, असहज अवस्था, निरंकुश पद्दतिका बिरुद्ध र लोकतन्त्रको पक्षमा अग्रमोर्चामा लडेको इतिहास हामी सामु यथावत छ ।  

लोकतान्त्रिक गणतन्त्र स्थापना पश्चात सिंहदरबारको अधिकार आफ्नै घर आँगनमा आउने आम नागरिकले अपेक्षा गरेका थिए । तर नागरिकका ती अपेक्षा अनुरुप स्थानीय तहहरु संचालन हुन नसक्दा सर्वसाधारण नागरिक मात्र नभएर स्वतन्त्र मानिएको प्रेस जगत समेत अप्ठारोमा परेको’ विज्ञप्तीमा उल्लेख छ । 

भनिएको छ, ‘प्रहरी प्रशासन र स्थानीय पत्रकारबीच कटुता उत्पन्न गराई कुत्सित स्वार्थ पुरा गर्न तल्लिन केहि स्वार्थी व्यक्ति र समूहले पत्रकार बिरुद्ध स्थानीय प्रहरी प्रशासनको दुरुपयोग गरेकोे यूनियनको ठहर छ । तसर्थ,  यस किसिमको गतिविधि माथि समयमै नियन्त्रण गरी राज्यको चौथो अंगको रुपमा रहेको पत्रकारिता जगत प्रति संबेदनशील हुन बिज्ञप्ति मार्फत आग्रह गरिएको छ ।’

प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्री, प्रहरी उपरीक्षक बिमलराज कणेल, राष्ट्रिय अनसुंधान शाखा प्रमुख कुमार बुढाथोकीलाई बुझाइएको सो विज्ञप्तिमा समग्र जिल्लाको विकास निर्माण र शान्ति सुरक्षा लगायतका क्षेत्रमा स्थानीय पत्रकारको सहयोग लिन लिन समेत स्थानीय प्रशासनलाई आग्रह गरिएको छ । 

सो विज्ञप्ती बझ्दै प्रजिअ क्षेत्रीले पत्रकार र प्रशासनको गन्तब्य एउटेै रहेको बताउँदै प्रशासन र पत्रकारबीच कटुता हुन नहुने बताउदै कमीकमजोरी र त्रुटी सच्चाउँदै अघि बढ्नु पर्नेमा जोड दिए ।

समाजका वास्तविकता औल्याउने पत्रकार जगत र समाजसेवाका निम्ति क्रियाशिल प्रहरी प्रशासनको सम्बन्ध नङ र मासुको हुनु पर्नेमा उनको भनाई छ । 


 



नयाँ