arrow

कपिलवस्तुबाट पाल्पा र अर्घाखाँची तर्फ लागे करोडौं सलह

logo
मणि प्रसाद गैह्रे,
प्रकाशित २०७७ असार १४ आइतबार
salaha1.jpg

कपिलवस्तु । सलह किरा कपिलवस्तुमा  पनि देखा परेको छ । आइतवार  अपराहन्न  करोडौंको संख्यामा देखिएको सहल किरा पुर्व लवनी देखी पश्चिम चन्दौटा सम्म देखिएको थियो । 

जिल्लाको लवनी, पकडी, तौलिहवा चन्द्रैटा लगायतका क्षेत्रमा करोडौंको हुल बाधेर भारत वाट सलह नेपाल प्रवेश गरेका छन् ।  केही बेर सहल किरा रोकीदा लवनी क्षेत्रमा रहेका वनस्पती र धान खाएका थिए । त्यस्तै शुद्धोधन गाउंपालिका वडा नं १ सुर्यवलियामा सलहले १ विघाहा वढि धान वालि नष्ट गरेको र थाल ठटाएर लखेटेको स्थानीय रफिक फकिरले बताए ।

 नेपाल  प्रवेश गरेका सलह पाल्पा जिल्ला र अर्घाखार्ची जिल्ला तर्फ लागेका छन् । विहान भारतको सिर्दाथनगरको नौगढमा रहेको सलह दिउसो कपिलवस्तु पुगेका थिए । सलह आएपछि किसानहरु चिन्तीत बन्न लागेका छन् ।

 धान तथा अन्य वाली सलहले नष्ट गर्ने हुदा खाद्यान्न उत्पादनमा समस्या हुने र उत्पादन नहुंदा निर्वाहा तथा व्यवसायमै समस्या पर्ने शुद्धोधन ५ का वडा सदस्य परशुराम यादवले बताए ।  कपिलवस्तु रुपन्देही र नवलपरासी हुदै सलह नेपाल भित्रिएपछि प्रदेश नं ५ सरकारले १ किलो सलह मारेर वडा तथा पालिकामा दिएमा २० रुपैया दिने निर्णय गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ