arrow

टेलिकमका कर्मचारी धर्नामा, एमडी डिल्लीरामका कारण संस्था धरासायी भएको आरोप 

logo
प्रकाशित २०७७ साउन ४ आइतबार
telecome-dharna.jpg

काठमाडौं। नेपाल टेलिकमका प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीका कारण संस्था घाटामा गएको भन्दै सम्पूर्ण कर्मचारी धर्नामा उत्रिएका छन् । 

पूर्वसञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाको निगाहाले एमडी बनेका अधिकारीले राम्रो योजना ल्याउन नसक्दा नाफा घटेर नेपाल टेलिकम डुब्ने स्थितिमा पुगेको भन्दै कर्मचारीहरु उनलाई हटाउन माग गर्दै आन्दोलनमा उत्रिएका हुन् । 

एमडी अधिकारी १० औं तहमा रहेका बेला २ पदमाथि १२ औं तहका अर्थात् एमडी भएका ब्यक्ति हुन् । एमडी अधिकारीले कर्मचारी कार्यविधि नै परिवर्तन गरेर आफू पुनस् टेलिकम नछोड्ने जालो बुनिरहेको उनीहरुको आरोप छ । 

तल्लो तहका कर्मचारीहरुको वृत विकास हुन नपाउने गरी एमडी नै फेरि प्रबन्ध निर्देशक बन्न मिल्ने गरी कार्यविधिमा परिवर्तन गर्न लागेपछि कर्मचारीहरु संघर्ष समिति नै बनाएर आन्दोलित बनेका छन्।

उनी एमडी बनेपछि टेलिकमको नाफामा ठूलो गिरावट आएको छ। अघिल्लो आर्थिक बर्ष १५ अर्ब नाफा गरेको टेलिकम यस आर्थिक बर्षमा ६ अर्बमा संकुचित भएको बताइएको छ ।

एकातिर टेलिकम घाटामा गइरहने र अर्कातिर तिनै अधिकारी नै घुमिफिरी टेलिकममा भइरहने अवस्थाको अन्त्यको माग गर्दैै कर्मचारीहरु आन्दोलनमा उत्रिएका हुन् । 

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ं निकटका कर्मचारीहरुसमेत आन्दोलित भएका छन् । हाल टेलिकमको प्रबन्ध निर्देशक भइसकेपछि ३ वर्षे कार्यकाल सकाएर संस्थानबाटै अवकाश लिनु पर्ने कार्यविधि रहि आएको छ । 

यसो हुँदा ती व्यक्तिले संस्थानमा आफ्नो चलखेल गर्न पाउँदैनन् भने अर्कातिर तल्लो तहका कर्मचारीहरुको वृत्ति विकास समेत नरोकिने उनीहरुले बताएका छन् ।

तर, एमडी अधिकारीले भने मन्त्रालय एवं मन्त्रीहरुसँग मिलेर एमडीले ३ वर्षे कार्यकालबाट अवकाश भएपछि फेरि प्रबन्धकमा जागिर खान पाउने किसिमको व्यवस्था गर्न लागेको खुलेसगै कर्मचारी उनीसग रुष्ट भएका छन् । 

यसो हुँदा तल्लो पदका कर्मचारीहरुको वृतविकास हुन पाउँदैन भने संस्थानमा एउटै व्यक्ति पटक पटक निर्णाणक तहमा घुमिफिरि बसिरहने एक कर्मचारीले हाम्राकुरालाई बताए । 

कम्पनीको हितमा भन्दा पनि स्वार्थी समूहको चंगुलमा फसेर मात्र काम गर्दा कम्पनीको नाफा घटेको उनको आरोप छ । 

कार्यकालको छोटो अवधिमै नेपाल टेलिकमलाई एमडी अधिकारीले ठूलो घाटामा पारेका छन् । तर उनैले फेरि एमडीबाट प्रबन्धक ९दुई तह कम० भएरै काम गर्न सक्ने व्यवस्था मिलाउन थालेपछि कर्मचारीहरु उनीप्रति सशंकित देखिएका छन् । 

उनैले लबिङ गरेर नयाँ व्यवस्था लोकसेवा आयोगबाट बनिसकेर मन्त्रालयमा पुगिसकेको पनि ति कर्मचारीले बताए।

टेलिकमको संयुक्त संघर्ष समितिले शुक्रबार पत्रकार सम्मेलन गर्दै संस्थानमा व्यवस्थापन पक्षका कमीकमजोरीहरुको पर्दाफास गरेको हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ