arrow

सरकारले विद्यालय संचालन स्वीकृति नदिँदै निजी विद्यालयद्धारा कोरोना बिमा गरेको प्रचार

logo
प्रकाशित २०७७ साउन १२ सोमबार
coronavirus-hamrakuras1.jpg

कर्णाली । वीरेन्द्रनगरको एक निजी विद्यालयले आफ्ना सम्पूर्ण शिक्षक, कर्मचारी तथा विद्यार्थीको कोरोना बीमा गरेको छ ।

सुर्खेत होराइजन एकेडेमीले कोरोनाको जोखिमलाई मध्यनजर गर्दै बीमा गरेको जनाएको छ । विद्यालयका प्रधानाध्यापक घनश्याम खड्काले नेपाल इन्सोरेन्स कम्पनीसँग कोरोना बीमा गरेको जानकारी दिए । 

“विश्वभर फैलिएको महामारीको जोखिमलाई बहन गर्नका लागि कोभिड–१९ बीमा गरेका छौँ”, उनले भने, “यसले आफ्ना शिक्षक, कर्मचारी तथा विद्यार्थीको स्वास्थ्य सुरक्षाको दायित्व पूरा भएको छ ।” 

प्राचार्य खड्काले संस्थागत रुपमा कोरोना बीमा गर्ने सुर्खेतमै आफूहरु पहिलो विद्यालय भएको दाबी गरे । 

विद्यार्थीहरुको भर्ना नगर्दै विद्यालयले कोरोनाको बीमा गरेको भन्दै चर्चा बटुल्न खोजेको छ । सरकारले अहिलेसम्म विद्यालय संचालनको स्वीकृति दिएको छैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ