- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
अर्घाखाँची । रेडियो देउरालीका स्टेशन म्यानेजर रहेका नेपाल प्रेस युनियन अर्घाखाँचीका सल्लाहकार तथा नेपाल पत्रकार महासंघका सचिव सुर्यप्रसाद भुसाल सहित जिल्लाका पत्रकारलाई सामाजिक संजालमा दिइएको धम्की तथा गाली गलौजप्रति नेपाल प्रेस युनियनले आपत्ती जनाएको छ ।
युनियनका केन्द्रीय महासचिव अजयबाबु शिवाकोटी र अर्घाखाँचीका अध्यक्ष वीरेन्द्र केसीले छुट्टाछुट्टै प्रेस विज्ञप्ति निकाली शीतगंगा नगरपालिका वार्ड नम्बर ४ मा घर भई हाल काठमाडौं बस्ने महेन्द्र कुँवरले सामाजिक सन्जालमा जे पनि गर्न सक्ने भन्दै दिएको धम्की, गाली बेइजतीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । भुसाल सहित जिल्लाका अन्य पत्रकारलाई धम्क्याउने महेन्द्र कुँवरलाई कानूनी कारवाही गरी भयरहित वातावरण पत्रकारलाई काम गर्ने वातावरण सृजना गर्न जिल्ला प्रशासनसँग युनियनले माग गरेको छ।
सामाजिक सद्भाव भड्काउने, कोरोना महामारीको बेला अग्रमोर्चामा खटिएर नागरिकलाई सूसुचित गर्ने पत्रकारलाई तल्लो स्तरको शब्द प्रयोग गरी धम्कयाउने तथा गाली बेइज्जतीमा उत्रिने कार्य सह्य नहुने युनियनले चेतावनी दिएको छ ।
यसैबीच पत्रकार महासंघका प्रदेश सदस्य शोभाखर पन्थी, महासंघका जिल्ला अध्यक्ष तथा प्रेस संगठनका अध्यक्ष हिम बहादुर जिसी लेकाली, उपाध्यक्ष गणेश खनाल, प्रगतिशिल पत्रकार संघका अध्यक्ष जितेन्द्र खत्री लगायतका पत्रकारले कुँवरले पत्रकार माथि गरेको घृणित अभिव्यक्तिप्रति निन्दा गरेका छन् ।