arrow

सिटी एक्सप्रेसको ‘सिटी एक्स्प्रेस गल्बन्दी टिक–टक च्यालेन्ज’

logo
प्रकाशित २०७७ भदौ ३१ बुधबार
city-express-tik-tok.jpg

काठमाडौं। सिटी एक्सप्रेस मनि ट्रान्स्फरले ‘सिटी एक्सप्रेस गल्बन्दी टिक–टक च्यालेन्ज’ आयोजना गर्ने भएको छ। स्वदेश तथा विदेशमा रहेका टिक–टक प्रयोगकर्ताहरुका लागी सिटी एक्सप्रेस मनि ट्रान्सफरले ‘सिटी एक्सप्रेस गल्बन्दी टिक–टक च्यालेन्ज’को आयोजना गर्ने भएको हो। लोकप्रिय गायक प्रकाश सपुतको निकै चर्चित रहन सफल ‘गल्बन्दी’ गीतको मुख्य प्रायोजक रहेको सिटी एक्सप्रेसले फेरी सोही गीत स्मरण गराउदै सिटी एक्सप्रेस गल्बन्दी टिक–टक च्यालेन्जको आयोजना गरेको हो।

सो च्यालेन्जमा सहभागी हुने मध्ये प्रथम, द्वितिय तथा तृतिय उत्कृष्ट भिडियोले क्रमश १५ हजार रुपैयाँ, १० हजार रुपैयाँ र ५ हजार रुपैयाँ नगद पुरस्कार पाउने सिटी एक्सप्रेस मनि ट्रान्सफरले जानकारी दिएको छ। छनोटमा परेका उत्कृष्ट १० भिडियोलाई ५ सय रुपैयाँ बराबरको मोबाईल टपअप प्रदान समेत गरिने भएको छ।

भिडियो आगामी १४ असोजसम्म पोस्ट गरी सक्नु पर्ने र नतिजा २० असोजमा सार्वजिनक गर्ने एक्सप्रेसले जनाएको छ। सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १४ वर्ष देखि कोरिया, जापान, साउदी, कतार, कुवेत, मलेशिया, अष्ट्रेलिया, लगायत संसार भरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ।

आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १० हजार भन्दा बढि भुक्तानी केन्द्रहरु मार्फत छिटो, सहज र सुरक्ष्ति तरिकाले भुक्तानी प्रदान गर्दै आएको बताउने गरेको छ। कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाईल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु सिटी एक्सप्रेसले प्रदान गर्दै आइरहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ