पत्रकार थापालाई विमा वापतको एक लाख रुपैयाँ हस्तान्तरण

प्रकाशित मिति : २०७७ असोज १ बिहिबार

काठमाडौं । मिसन मिडिया क्लवले बिहिबार एक सामान्य कार्यक्रमकाबीच पत्रकार महासंघ ललितपुरका कोभिड संक्रमित पत्रकार विदुर थापालाई कोभिड विमाको एकलाख रुपैयाँँ हस्तान्तरण गरेको छ ।

कोभिड–१९ को संक्रमणको बढ्दो जोखिमका वीच पनि अविराम आफ्नो कर्म क्षेत्रमा क्रियाशील नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिअन्तर्गत काठमाडौं, भक्तपुर र ललितपुरका ११९ पत्रकारको सुरक्षाको लागि क्लवको तर्फबाट पत्रकार ‘ पत्रकार कोभिड   बीमा’ गरिएको थियो ।

नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिका महासचिव रहेका  कल्वका अध्यक्ष श्रीजन झाले बिहिवार प्रदेश समितिको कार्यकक्षमा आयोजित एक कार्यक्रमकावीच पत्रकार थापालाई बीमा कम्पनी सगरमाथा इन्स्योरेन्सबाट प्राप्त विमा रकमवापतको १ लाखको चेक हस्तान्तरण गरेका हुन्। 

त्यस्तै अवको केहि दिनमा अर्का कोभिड संक्रमित पत्रकार संजय केसीलाई समेत विमा वापतको रकम हस्तान्तरण गरिने महासचिव झाले जानकारी दिए ।

सम्बन्धित समाचार

नयाँ