arrow

पत्रकार देवकोटा कुट्ने खनाललाई थुनामा राखेर अनुसन्धान गर्न ४ दिनको म्याद

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ असोज १२ सोमबार
court.jpeg

विदुर। नेपाल प्रेस युनियनका पूर्वकेन्द्रीय सदस्य एवम् नेपाल पत्रकार महासंघ नुवाकोटका संस्थापक सदस्य शिव देवकोटालाई आक्रमण गर्ने मध्येका पक्राउ परेका पत्रकार महासंघ नुवाकोटका सचिव जगदिश खनाललाई थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालतबाट चार दिनको म्याद दिएको छ । 

नुवाकोटका प्रहरी निरीक्षक विष्णु फुयाँलले अदालतले खनाललाई थुनामा राखेर अनुसन्धान गर्न ४ दिनको म्याद दिएको उल्लेख गर्दै देवकोट माथी आक्रमणमा संलग्न रहेको अभियोग लागेका नेपाल पत्रकार महासंघ नुवाकोटका अध्यक्ष कपिलदेव खनाल र सदस्य सुजित भण्डारी सम्पर्क बाहिर रहेको बताए । उनीहरु विरुद्ध जिल्ला प्रहरी कार्यालय नुवाकोटमा आइतबार ‘ज्यान मार्ने उद्योग’ अपराधमा जाहेरी दर्ता भएको थियो।

उक्त जाहेरीको आधारमा जगदिश खनाललाई प्रहरीले आइतबार पक्राउ गरेर सोमबार अदालतमा उपस्थित गराएको थियो । अभियोग लागेका अन्य दुई जना भने फरार भएकाले खोजी भइरहेको नुवाकोट प्रहरी प्रमुख प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले जानकारी दिए । 

तीन जनाको समूहले देवकोटालाई यही भदौ ५ गते सोमबार विदुरमा कुटपिट गरेको देवकोटाको दाजुको उजुरीमा उल्लेख छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ