arrow

पत्रकार तथा मिडियाकर्मीलाई अभिमुखिकरण कार्यक्रम

logo
निरंजन कुमार साह,
प्रकाशित २०७७ असोज १३ मंगलबार
patrakar-abimukhikaran.PNG

धनुषा । न्यायमा पहुँच अभिवृद्धि गर्न कानुनी जागरुकता कार्यान्वयन अन्तर्गत पत्रकार तथा मिडियाकर्मीको दुई दिने अभिमुखिकरण कार्यक्रम धनुषामा सोमबार  समापन भएको छ ।

कार्यक्रममा बोल्दै न्यायिक समितिका अधिवक्ता तथा कार्यक्रमका प्रशिक्षक राजकुमार महासेठले पत्रकार तथा मिडियाकर्मीको न्यायमा पहुँच भयो भने  व्यक्तित्व विकास र क्षमता अभिवृद्धिले समाजलाई सकारात्मक परिवर्तन आउने विश्वासका साथ तालिमको आयोजना गरिएका छन्।

युएन डिपीको सहयोग तथा दलित समाज उत्थान समिति नेपाल, डिएसडब्लुसीएन संगको साझेदारी र सिपिसिएलसि धनुषा र एमएसवाईएन रौतहटको आयोजनामा दुई दिनसम्म चलेको प्रशिक्षणमा विभिन्न सञ्चार क्षेत्रमा क्रियाशील पत्रकार तथा मिडियाकर्मीहरु सहभागी रहेको थियो ।
 
अभिमुखिकरण कार्यक्रम मा धनुषाका करिव १५ जना पत्रकारहरुलाई अभिमुखिकरण  प्रदान गरिएका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ