arrow

सुनसरीका एसपी कमल थापामाथि छानविन, अख्तियारमा पनि उजुरी

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ कार्तिक ७ शुक्रबार
sp-kamal-thapa.jpg

सुनसरी । सुनसरीका एसपी कमल थापा बिरुद्द अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । विभिन्न मुद्धामा आर्थिक प्रलोभन राखेको भन्दै एसपी थापा विरुद्ध अख्तियारमा उजुरी परेको हो । अख्तियारमा उजुरी परेसँगै अख्तियारले प्रदेश प्रहरी कार्यालय विराटनगरलाई पत्र काटेको हो । आगुऔषध तथा सुर्तीजन्य पदार्थमा पैसा माग्ने गरेको भन्दै उजुरी परे पछि छानविन समिति समेत गठन भएको छ ।

लागु औषध मुद्धामा पैसा मिल्यो भने छोड्ने पैसा नदिए मुद्धा चलाउने गरेको गुनासो सहित उजुरी परे पछि छानविन सुरु भएको हो । पछिल्लो समयमा सुनसरीमा हरियो मटर पनि तस्करी हुने गरेको छ ।

प्रदेश नम्बर एकका प्रहरी प्रमुख डिआईजी इश्वरबाबु कार्कीले सुनसरीको एसपी थापाको उजुरी परेको बताए । उनले भने सामान्य विषय हो कुनै रिसिईवीको आधारमा पनि उजुरी परेको हुनसक्छ । जिल्लाका एसपीहरु विरुद्ध उजुरी परिरहने भन्दै डिआईजी कार्कीले आफुले एसपी मनोज यादवको नेतृत्वमा छानविन समिति बनाएको बताए ।

छानविन समितिका संयोजक मनोज यादबको टोलीले आरोपित सुनसरीका एसपी कमल थापाको समेत बयान लिने काम सकेको बताएको छ । समितिले बयानको आधारमा यो प्रतिवेदनलाई प्रदेश प्रहरी कार्यालय पठाउने र उक्त प्रतिवेदनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय इटहरीमा बुझाउने छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ