arrow

बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३० पुग्यो

logo
सौरभ गिरी,
प्रकाशित २०७७ कार्तिक ८ शनिबार
corona-killed-final.jpg

नेपालगन्ज । बाँकेमा शुक्रबार राति थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १ धम्बोझीका ५० बर्षीय पुरुषको राति १० बजे भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

कोभिड–१९ को शंका लागेपछि असोज २५ गते बागेश्वरी डाइग्नोष्टिक ल्याबमा कोरोना परिक्षण गराएका उनमा २६ गते कोरोना पुष्टि भएको थियो । 

स्वासप्रश्वासमा समस्या आएपछि असोज २७ गते उनी अस्पताल भर्ना भएका थिए । यो संगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३० पुगेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ