arrow

पत्रकार बस्याललाई पितृ शोक

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७७ कार्तिक ११ मंगलबार
debakhar-basyal.jpg

स्याङ्जा । नेपाल प्रेस युनियनका केन्द्रीय महाधिवेशन प्रतिनिधी तथा पत्रकार भूपराज बस्याललाई पितृशोक परेको छ । पत्रकार बस्यालका बुबा देबाखर बस्यालको ९२ बर्षको उमेरमा सोमवार राती निधन भएको हो । गल्याङ नगरपालिका वडा नम्वर ३ निवासी देबाखर बस्यालको उपचारका क्रममा गएराती निधन भएको छोरा भूपराजले जनाएका छन् । 

बस्यालका बुबा देबाखर केही दिनदेखि अस्वस्थ भए पछि स्थानीय अस्पतालमा उपचार गरिएको थियो । देवाखर बस्यालका श्रीमती, चार छोरा र एक छोरी रहेकाछन् । नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटीले केन्द्रीय महाधिवेशन प्रतिनिधी बस्यालका बुवाको निधनप्रति दुख व्यक्त गर्दै शोक प्रकट गरेका छन् । 

नेपाल प्रेस युनियन स्याङ्जाका अध्यक्ष प्रदिप कोइरालाले शोक विज्ञप्ती निकाल्दै स्वर्गीय बस्यालको निधनले स्याङजावासी पत्रकारहरुलाई दुःखी तुल्याएको भन्दै समवेदना प्रकट गरेका छन् । नेपालको प्रजातान्त्रिका आन्दोलनदेखि लोकतान्त्रिक आन्दोलनसम्म महत्वपूर्ण भुमिका खेलेका देवाखरको निधनले अभिभावक गुमाएको उल्लेख गर्दै कोइरालाले स्वर्गीय बस्यालप्रति श्रद्धाञ्जली प्रकट गरेका छन् । नेपाल पत्रकार महासंघ यूएईका संस्थापक सभापति रहेका पत्रकार बस्याल नेपाल समाचारपत्र राष्ट्रिय दैनिक, नेपाल बहस अनलाईन लगायतका मिडियामा आवद्ध रहेका छन् ।  

स्वर्गीय देबाखर बस्यालको मंगलवार कालिगण्डकी नदी तटमा अन्तिम संस्कार गरिएको छ । यसअघि बस्यालको पार्थिव शरीरमा नेपाली कांग्रेस महासमिति सदस्य तथा गल्याङ नगर सभापति श्याम प्रसाद बस्याल लगायतले कांग्रेसको झण्डा ओढाएर सम्मान प्रकट गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ