arrow

कुमारी बैंकले फोनबाटै लोन दिने

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ कार्तिक १६ आइतबार
Kumari-Phone-Loan.jpg

काठमाडौं । कुमारी बैंक लिमिटेडले आफ्ना ग्राहकहरुको सुविधाका लागि फोनलोन नामक नयाँ कर्जा सुविधा शुरु गरेको छ । आफ्ना सेवाहरुलाई डिजिटल मैत्री बनाउँदै ग्राहकहरुलाई सरल र सहज सेवा प्रदान गर्ने उद्देश्यले फोनलोनको नयाँ सेवा संचालनमा ल्याएको बैंकले जनाएको छ।

कुमारी बैंकमा विभिन्न तलब खाता संचालन गरिरहेको ग्राहकहरुले अधिकतम ३० दिनसम्मका लागि अधिकतम रु. १ लाखसम्म कुमारी स्मार्ट मोबाइल बैकिङ्गबाट फोनलोन सुविधा सहजै प्राप्त गर्न सकिने जनाउँदै बैंकले यस्तो खालको कर्जाको लागि कुनै पनि धितोको आवश्यकता नरहने तथा कुनै निवेदन दिन र कानूनी कागजात गरिरहनु नपर्ने समेत प्रष्ट पारेको छ। 

ग्राहकहरुलाई आवश्यक भइरहने खर्च व्यवस्थापन गर्न फोनलोन सुविधाबाट अधिकतम लाभ प्राप्त हुनेमा विश्वस्त रहेको उल्लेख गर्दै बैंकले आगामी दिनहरुमा कुमारी बैंकले आफ्ना सेवाहरुलाई अझ सहज र डिजिटल मैत्री बनाउँदै लगिने जनाएको छ।

बैंकले देशव्यापी १८४ शाखा–संजाल, १४४ एटिएम, २१ शाखारहित बैंकिंग इकाई तथा १३ एक्टेन्सन काउन्टर मार्फत अत्याधुनिक वित्तिय सेवा सुविधा दिँदै आएको छ । बैंकले आगामी दिनमा पनि अझ प्रभावकारी तथा ग्राहकमुखी सेवा विस्तार गर्दै जाने प्रतिबद्धता जनाएको छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ