arrow

गगन थापा र अन्जना केसी थापाले प्लाज्मा दान गर्ने, राम्रो काम शुरु गरेकोमा प्रदीप पौडेललाई धन्यवाद

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ कार्तिक २० बिहिबार
gagan-pradip.jpg

काठमाडौं। एक छोरी बाहेक परिवारका सबै सदस्य कोरोना संक्रमित भएर हालै निको भएका नेपाली कांग्रेसका नेता गगन थापा र श्रीमती अन्जना केसी थापाले प्लाज्मा दान गर्ने जानकारी दिएका छन् । कोरोनामुक्तहरुको प्लाज्मा कोरोना संक्रमितको उपचारमा प्रभावकारी देखिएपछि यो विधिलाई अहिले अस्पतालहरुमा प्रयोग गर्दै आएका छन् । तर कोरोनामुक्तहरुले प्लाज्मा दानमा खासै उत्सुकता नदेखाउँदा प्रभावकारी ढंगले संकलन हुन नसकिरहेको अस्पतालहरुले जानकारी दिदै आएका छन्।

यहि अवस्थालाई दृष्टीगत गरि नेपाली कांग्रेसका नेता प्रदिप पौडेलले प्लाज्मा एपको शुरुवात गरेका छन् । सो एपमा प्लाज्मा दान गर्न इच्छुकले आफ्नो नाम दर्ता गर्न सकिने लगायतका फिचरहरुको व्यवस्था गरिएको छ । सो एपमा आफू र श्रीमतीले नाम दर्ता गराएको जानकारी दिदै नेता थापाले महत्वपूर्ण कामको आरम्भ गरेकोमा सहकर्मी कांग्रेस नेता पौडेललाई धन्यवाद पनि दिएका छन्। 

बिहिवार साँझ ट्वीट गर्दै थापाले लेखेका छन्, ' काेराेना संक्रमित कैयनको उपचारमा प्लाज्मा थेरापी प्रभावकारी देखिएको छ। काेराेना संक्रमणबाट भर्खर मुक्त @anjanakcthapa र मैले पनि प्लाज्मा दान गर्ने साेचले प्लाज्मा एपमा नाम दर्ता गराएका छाैं। यस्तो एपको महत्त्वपूर्ण कार्य आरम्भ गर्नुभएकोमा @paudelpradipNC लाई धन्यवाद !!'

थापाको ट्वीट पछि पौडेलले ट्वीटमै आफूहरुको प्रयत्नमा साथ र सहभागिताको लागि धन्यवाद दिएका छन् । उनले ट्वीटमा लेखेका छन्, 'मानव जातिको सामु उपस्थित भएको यो संकटलाई सामुहिक रुपमा परास्त गर्नुपर्नेछ । संकटलाई पराजित गर्नका लागि चालिएको यो सानो प्रयत्न हो । यो प्रयत्नमा शुरुदेखी नै तपाईंले दिनुभएको साथ र सहभागीताका लागि धन्यवाद सहित हार्दिक आभार। '



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ