arrow

बेलायतद्वारा आफ्ना नागरिकलाई युरोकपमा फ्रान्स जाँदा सावधानी अपनाउन आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०७३ जेठ २५ मंगलबार
euro-cup.jpg.jpeg
लन्डन । बेलायतले फ्रान्समा हुनगइरहेको युरोकप–२०१६ मा इस्लामिक स्टेट (आईएस) समूहबाट आतङ्ककारी आक्रमण गराइन सक्ने खबर विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यममार्फत आएपछि आफ्ना नागरिकलाई सचेत हुन आग्रह गरेको छ । 
 
बेलायती विदेश मन्त्रालयले बेलायती नागरिकलाई फ्रान्समा हुने युरोकप–२०१६ को सिलसिलामा रङ्गशाला, फ्यान क्षेत्र र यातायात मार्गहरुमा सम्भावित आतङ्ककारी हमलाका लागि आईएस तथा अन्य आतङ्ककारी समूहले निशाना बनाउन सक्नेभन्दै सचेत हुन आग्रह गरेको हो । 
 
त्यहाँ आतङ्कवादी हमलाको ठूलो खतरा रहनसक्ने छ, विदेश मन्त्रालयले यात्रापूर्व दिएको सल्लाहमा बेलायती नागरिक तथा शुभचिन्तकलाई जानकारी गरायो । यसअघि युक्रेनको गुप्तचर संस्थाले फ्रान्समा आयोजना हुने युरोपियन च्याम्पियनसीप फुटबल प्रतियोगितामा आक्रमण प्रयास हुनसक्नेमा सम्बद्ध सबैलाई सोमबार सचेत गराएको थियो । 
 
युक्रेनले एक फ्रान्सेली नागरिकलाई ठूलो हतियारसहित युरोपेली मुलुकमा प्रवेश गर्न खोजिरहेको अवस्थामा सोमबार पक्राउ गरेपछि आक्रमणको प्रयास हुनसक्ने बताएको हो । 
 
यद्यपि फ्रान्सेली सुरक्षा अधिकारीले फुटबल च्याम्पियनसिपका क्रममा हुनसक्ने आक्रमण प्रयासलाई मध्यनजर गर्दै करिब ९० हजार सुरक्षाकर्मीलाई तैनाथ गरेको बताउँदै कतैबाट सुरक्षा खतराको अनुभूतिसम्म पनि हुन नदिने बताएको छ । एएफपी 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ