arrow

कुमारी बैंकको थप ८ शाखा बिस्तार

logo
प्रकाशित २०७७ पुष १३ सोमबार
kumari.jpg

काठमाडौं। कुमारी बैंक लिमिटेडले उपत्यकाभित्र  र बाहिर गरी ८ नयाँ शाखाहरूको खोलेको छ। काठमाडौंमा खुसिबुँ, पानीपोखरी, मालिगाँउ, नरेफाट, नयाँ पाटी, बाफल, मैतिदेवी  नयाँ शाखा खोलेको छ भने उपत्यकाबाहिर मोरङको बेलबारीमा गरी जम्मा ८ शाखाहरू खोलेको कम्पनीले जनाएको छ।

बैंकले उक्त क्षेत्रका व्यवसायी, उद्यमी तथा स्थानीयलाई सहज रुपमा बैंकिङ्ग सेवा पुर्‍याउने उद्देश्यले उक्त शाखा विस्तार गरिएको हो। बैंकले आगामी दिनहरुमा थप शाखाहरु विस्तार गरेर आधुनिक बैंकिङ्ग सेवा पुर्‍याउने योजना बनाएको छ।

कुमारी बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्‍याउने उद्देश्यले  एक सय ८७ वटा शाखाहरु,  एक सय ५२ वटा एटिएम्हरु तथा १३ वटा एक्सटेन्सन काउण्टर र २३ वटा शाखाविहिन युनिटहरुद्घारा सेवा दिइरहेको छ। त्यस्यै थप ८ वटा शाखा पश्चात अब बैंकको कुल शाखा सञ्जाल  एक सय ९५ पुगेको छ।

साथै हालसम्म बैंकले नवीन्तम डिजीटल प्रोडक्ट मार्फत आफ्नो ग्राहकहरुलाई सेवा दिदै आएको छ। आउँदा दिनहरुमा अझ सशक्त रुपमा डिजीटल प्लेटफम बाट आफ्ना पहुँच बढाउँदै जाने कम्पनीले विज्ञप्ति मार्फत जनकारी दिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ