arrow

प्रचण्डको शत्रुतापूर्वक अभियोगपत्रले संकट : प्रवक्ता चौधरी

logo
नारायण वली,
प्रकाशित २०७७ पुष २० सोमबार
chaudari.jpg

रुपन्देही । प्रचण्ड-माधव समुहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई शत्रुतापूर्वक अभियोगपत्र दर्ता गरेकाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को घर झगडा भएको लुम्विनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री वैजनाथ चौधरीले बताएका छन् ।

रिपोर्टस् क्लव लुम्विनी प्रदेशले सोमवार बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा वोल्दै लुम्विनी प्रदेश सरकारका प्रवक्ता रहेका चौधरीले अप्ठ्यारो अवस्थामा प्रधानमन्त्री ओली ताजा जनादेशमा गएको बताए । उनले संसारमा कहि नभएको, आफ्नै पार्टी भित्र फौजदारी अभियोग जस्तो संगिन आरोपपत्र लगाएर पुष्पकमल दाहाल (प्रचण्ड)ले पार्टीका अध्यक्ष एंव प्रधानमन्त्री ओलीलाई अप्ठ्यारो पारेकाले देशलाई संकटबाट वचाउन तत्काल ताजा जनादेशमा जानुको विकल्प नभएको जनाए । उनले थपे, प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले पनि संवैधानिक वैठकमा नजाने र आफ्नै पार्टीका नेताहरुले पनि कैंची चलाएका कारण पार्टीमा यो फाटो आएको जिकिर गरे ।

यस्तै, नेपाली कांग्रेस लुम्विनी प्रदेशकी सचेतक निर्मला क्षेत्रीले संसद् विघटन कार्य असंवैधानिक र अलोतान्त्रिक भएको टिप्पणी गर्दै, विरोध गरिन् । जुन कार्यले देशको अवस्था र भविष्य के हुन्छ भन्ने कुरामा धेरै आशंका उत्पन्न भएको बताइन् । उनले संसद् विघटन भएको विषयमा सर्वोच्च अदालतमा रिट दर्ता भएको र सो रिट विचाराधिन अवस्थामा रहेकाले अदालतले उचित न्यायपूर्ण निर्णय गर्ने विश्वास व्यक्त गर्दै, के कारण थियो र प्रधानमन्त्री ओलीलाई संसद् विघटन गर्नुपर्ने वाध्यता भनी प्रश्न समेत गरिन् ।

कार्यक्रमा जनता समाजवादी पार्टी (जसपा)का नेता सहर्षराम यादवले संसद् पुनःस्थापना हुनुपर्ने माग गर्दै, संसद विघटन कार्यले लोकतन्त्र र गणतन्त्र माथि प्रहार गरेको आरोप लगाए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ