arrow

सरकारप्रति वितृष्णा बढेपछि नेकपा कार्यकर्ताले रोज्न थाले कांग्रेस

logo
दीपेन्द्र बस्नेत,
प्रकाशित २०७७ पुष २१ मंगलबार
party-prabesh.JPG

कञ्चनपुर । हालै नेकपामा आएको बिभाजन र संसद विघटन भए लगत्तै नेकपाका नेताहरुले जनमतको अपमान गरेको भन्दै कञ्चनपुरको दक्षिणी क्षेत्रमा कम्युनिष्ट कार्यकर्ताहरुले बिकल्पको रुपमा नेपाली कांग्रेसलाई रोज्न थालेका छन् ।

कञ्चनपुरको लालझाडी गाउँ पालिका दुई दिन यता सय जना कार्यकर्ताले नेकपा परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।  स्थिर सरकार र सुशासनका लागि नेकपालाई जनताले प्रचण्ड बहुमत दिए पनि कम्युनिष्ट नेताहरुले जनादेशको अपमान गरेको भन्दै नेपाली कांग्रेसले मंगलबार लालझाडी गाउँपालिका ३ मा आयोजित कार्यक्रममा शालु रानाको नेतृत्वमा ६० जना स्थानीय कार्यकर्ताले नेकपा परित्याग गरि नेपाली कांग्रेस प्रवेश गरेका हुन ।

नेपाली कांग्रेस कञ्चनपुरका नेता तथा पुर्व साँसद दिवान बिष्टले नेकपा कार्यकर्ताहरुलाई कांग्रेसमा भित्र्याएका हुन । दुई दिन अघि मात्रै सोही गाउँपालिकाका नेकपा गाउँ पालिका कमिटीका सदस्य विशाल चौधरी सहित ३५ जनाले कांग्रेस प्रवेश गरेका थिए ।

नेकपा सरकारका प्रधानमन्त्री केपी ओलिले संसद विघटन गर्दै पार्टी बिभाजन गरे लगत्तै कञ्चनपुरको दक्षिणी क्षेत्रमा कम्युनिष्ट पार्टीको बिकल्पका रुपमा नेपाली कांग्रेस रोज्नेहरुको संख्यामा वृद्धि देखिन थालेको छ ।

मंगलबार लालझाडी गाउँपालिकामा नेपाली कांग्रेसले आयोजना गरेको कार्यक्रममा पुर्व साँसद दिवान बिष्ट , पुर्व क्षेत्रीय सभापति तथा बेलौरी नगरपालिकाका मेयर उम्मेदवार हरेन्द्र सिंह बिष्ट , प्रदेश सभा उम्मेदवार गोपाल गुरुङ लगायतका नेताहरुको कार्यक्रममा उपस्थिती रहेको नेपाली कांग्रेस क्षेत्र नम्बर १ ले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ