arrow

कुमारी बैंकको थप ९ शाखाहरुको भर्चुअल उद्घाटन

logo
प्रकाशित २०७७ पुष २२ बुधबार
kumari-bank-virtual-branch-inauguration.jpg

काठमाडौं। कुमारी बैंक लिमिटेडले थप ९ शाखाहरुको उद्घाटन गरेको छ। पौष २० गते उपत्यका भित्रका सात शाखा (बाफल, नयाँपाटि, खुसीबु, मैतीदेवी, पानीपोखरी, मालीगाउँ र नरेफाँट) को मोबाईल प्रविधिबाट भर्चुअल उद्घाटन गरिएको छ। बैंकको केन्द्रीय कार्यालयबाटै बैंकका संचालक समितिका अध्यक्ष अमिर प्रताप जबराणा तथा बैंकका उच्च पधादिकारी र अन्य कर्मचारीको उपस्थितिमा सो कार्य सम्पन्न गरिएको कम्पनीले जनाएको छ।

यसैगरी, बेलबारी शाखा बैंकका संचालक समितिका सदस्य महेश प्रसाद पोखरेल तथा बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले संयुक्त रुपमा गरे। यस्तै, फिक्कल शाखाको उद्घाटन पनि बैंकका संचालक समितिका सदस्य महेश प्रसाद पोखरेल तथा सूर्योदय नगरपालिकाका मेयर रण बहादुर राईले संयुक्त रुपमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत मनिष तिमिल्सिना लगायत सम्बन्धित शाखा प्रबन्धक तथा शाखा पधादिकारीहरुको उपस्थितिमा सम्पन्न गरिएको थियो। 

उक्त उन्नत प्रविधि मार्फत सम्पन्न समारोह नेपाली बैंकिङ्ग क्षेत्रकै लागि नवीन शैलीमा गरिएको उद्घाटनको एक उदाहरण हो। जसपश्चात, कुमारी बैंक समसामयिक प्रविधिको द्रुत अनुकरण गर्न सफल बैंकको रूपमा दर्शिएको छ।

विगत १९ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका  एक सय ९२ शाखा संजाल,  एक सय ५२ एटिएम्, २२ शाखारहित बैंकिङ्ग ईकाईहरू तथा १३ एक्सटेन्सन काउन्टर मार्फत आफ्ना ग्राहकहरूलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरू आगामी दिनहरूमा पनि पुर्‍याउँदै जाने प्रतिबद्धता बैंक विज्ञप्तिमार्फत जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ