arrow

चीनमा पक्राउ परेकी पत्रकार झाङ झानलाई रिहा गर्न अमेरिकाको आग्रह

logo
एजेन्सी,
प्रकाशित २०७७ पुष २२ बुधबार
zhang-zhan-china-journalist.jpg

वाशिङ्टन। संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री माइक पोम्पिओले चीनमा पक्राउ परेकी पत्रकार झाङ झानको रिहाका लागि आग्रह गरेका छन्। कोभिड-१९ महामारीबारे कोरोनाको केन्द्रबिन्दु वुहानबाट प्रत्यक्ष प्रसारण तथा रिपोर्टिङ गरेकी झाङलाई चिनियाँ प्रहरीले नियन्त्रणमा लिएको थियो। उनलाई चार वर्षको जेल सजाय सुनाइएको छ। अमेरिकाले पत्रकारलाई रिहाको माग गरेको छ।

अमेरिकी विदेशमन्त्री पोम्पिओले एक विज्ञप्तिमा भनेका छन्, "संयुक्त राज्य अमेरिकाले चीन गणतन्त्र (पीआरसी) को लाजमर्दो कारबाही र पत्रकार झाङ झानको नियन्त्रणको घटनाको कडा निन्दा गर्दछ। हामी चीन सरकारलाई तत्काल झाङलाई बिना शर्त रिहा गर्न आग्रह गर्दछौं।"

सांघाई अदालतले झाङलाई विवाद फैलाउने सूचना प्रसार गरेको आरोपमा चार वर्षको जेल सजाय सुनाएको छ। पोम्पीओले चिनियाँ कम्युनिष्ट पार्टी (सीसीपी) ले एकपटक फेरि कोरोना भाइरस महामारी फैलिनेसम्बन्धी महत्वपूर्ण जनस्वास्थ्यसम्बन्धी सूचनालाई समेत लुकाउने प्रयास गरेको छ।

“झूट बोल्नु भनेको सुविधा हो। सीसीपीले वुहानमा कोभिड-१९ प्रकोपको बारेमा जानकारी सुरुदेखि नै प्रतिबन्धित र हेरफेर गरेको थियो र डा ली वेनलिङ, चेन किउशी, र फङ बिनजस्ता अन्य बहादुरी सत्य बोल्नेहरूलाई निर्ममतापूर्वक चुप गरायो," उनले भने।

पोम्पिओले विश्वले वुहानमा कोरोना भाइरस प्रकोप र यसको फैलावट रोक्न क्रुर उपायहरू कार्यान्वयन गर्ने सम्बन्धमा वास्तविक स्थिति बुझ्नका लागि झाङजस्ता पत्रकारहरूको सेन्सर गरिएको कभरेजमा निर्भर छ। "उनको हतारमा गरेको मुद्दामा विदेशी पर्यवेक्षकहरूलाई पहुँच दिन अस्वीकार गरेका थिए, यसले सत्य बोल्ने चिनियाँ नागरिकहरुमा सीसीपी कत्ति डरलाग्दो छ भन्ने देखाउँछ," उनले भने।

उनले पीआरसी सरकारको पारदर्शिताको डर र मौलिक स्वतन्त्रताको निरन्तर उत्पीडन कमजोरीको संकेत हो, शक्ति होइन, र हामी सबैको लागि खतरा भएको बताए। "संयुक्त राज्यले चिनियाँ नागरिकहरुको स्वतन्त्रता र शान्तपूर्वक अभिव्यक्तिको अधिकारलाई सँधै सहयोग गर्नेछ," उनले भने।

झाङले फेब्रुअरीमा वुहानबाट कोरोना भाइरसको प्रकोपलाई कभर गरेका थिए जसमा चिनियाँ अधिकारीहरूले यसका फैलावटलाई नियन्त्रण गर्नका लागि प्रयोग गरेका विधिहरू र स्थानीय अस्पतालहरूको अवस्थाको बारेमा पर्दाफाश गरे। झाङलाई मध्य मेदेखि नै सांघाईको पुङ जिल्लामा रहेको एउटा डिटेन्सन सेन्टरमा राखिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ