arrow

राष्ट्रिय सभामा पहिलो पटक बोले बामदेव : ‘अल्पमतमा परे ओलीले राजीनामा दिनुपर्थ्यो'

logo
प्रकाशित २०७७ पुष २३ बिहिबार
bamde-rastrasava.jpg

काठमाडौं । नेकपाका उपाध्यक्ष एवं राष्ट्रिय सभा सदस्य बामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओली अल्पतमा परेमा राजीनामा दिनुपर्ने बताएका छन् ।

राष्ट्रिय सभा बैठकमा पहिलो पटक आफ्नो धारणा राख्दै उनले ओली आफ्नो ४३ बर्षदेखिको सहयोद्धामा भएको उल्लेख गर्दै भने,‘अल्पमतमा परे प्रधानमन्त्री पदबाट ओलीले राजीनामा दिनुपर्दछ। त्यसो भएको भए पार्टी जोगिन सक्छ ।’

त्यस्तै गौतमले प्रतिनिधि सभा विघटनलाई संवैधानिक भएको बताए । विघटनविरुद्ध सर्वोच्चमा परेका रिटहरूको विषयमा संवैधानिक इजलासमा बहस हुन थालेकोले त्यसलाई असंवैधानिक भन्न नहुने उनको तर्क छ ।

उनले भने,, ‘मैले यो असंवैधानिक कदम हो भनेँ । तर, सर्वोच्च अदालतमा परेका रिटहरू संवैधानिक इजलासमा लगेपछि असंवैधानिक हो भन्न मिल्दैन ।’

अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गरेपनि आफूले यसलाई असंवैधानिक नभन्ने उनको तर्क छ । असंवैधानिक विषय संवैधानिक इजलासमा प्रवेश नै नहुने नेता गौतमको भनाइ छ ।

संविधान भित्रको विषय आफूले भनेबमोजिम भएन भन्दैमा संविधानलाई बदनाम गर्न नहुने उनको भनाइ छ । उनले घुमाउरो तरिकाले प्रतिनिधि सभा विघटनलाई संवैधानिक बताउँदै आफ्नो स्वार्थअनुसार संविधानलाई बदनाम गर्न नहुने धारणा राखे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ