arrow

अमेरिकाको संसद् भवनमा भएको हमला विश्वकै प्रजातन्त्रमाथि खतरा: कोमल ओली

logo
प्रकाशित २०७७ पुष २३ बिहिबार
komal_oli1.jpg

काठमाडौं । सांसद कोमल वलीले संयुक्त राज्य अमेरिकाको संसद् भवनमा भएको हमलाले विश्वकै प्रजातन्त्रमाथि खतरा उत्पन्न भएको धारणा राखेकी छिन् ।

विहीबार राष्ट्रिय सभाको शून्य समयमा बोल्दै सांसद् ओलीले अमेरिकी संसदमाथि भएको आक्रमणको विरोध गरिन ।

सांसद् ओलीले चारजनाको ज्यान जानेगरी वासिङ्टन डिसीमा भएको दंगा र हिंसाले संसदीय व्यवस्थालाई सर्वोपरी ठान्ने सबै देशलाई थप चुनौती र चिन्तित बनाइदिएको बताइन ।

अमेरिकी संसदमा भएको घटनाले विश्वमै प्रजातन्त्रमाथि खतरा उत्पन्न गराएको सांसद ओलीको तर्क छ । सत्ताको शान्तिपूर्ण हस्तान्तरणलाई गैह्रकानुनी विरोधले लोकतान्त्रिक प्रक्रियामा चुनौती खडा भएको छ उनले भनिन् ।

बुधबार दिउँसो अमेरिकी संसद बाहिर ट्रम्पसमर्थक प्रदर्शनकारीहरूले आक्रमण गर्दै तोडफोडसमेत गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ