arrow

सांसद विडारीको प्रश्न : ताजा जनादेश प्रमको हुकुमबाट हुने कि संवैधानिक प्रक्रियाबाट ?

logo
प्रकाशित २०७७ पुष २३ बिहिबार
Ramnaath_bidarai.jpg

काठमाडौं । राष्ट्रियसभा सदस्य रामनारायण विडारीले संसद विघटन गर्दा नेपाल आमा रोएको टिप्पणी गरेका छन । 

विहीबारको राष्ट्र सभामा बोल्दै विडारीले भने, ‘नेपाल आमाको चित्कार छ, गुहार गुहार। मलाई आपत पर्‍यो। संविधान बचाउ ।’

उनले संविधानसभामा भएका छलफलको रेकर्ड बजाउन पनि माग गरे । तत्कालिन एमाले अध्यक्ष केपी शर्मा ओली र संविधानसभा अध्यक्ष सुवाचन्द्र नेम्वाङ सहभागी भएर गरेको धारा ७६ को रेकर्ड हेरौं । अहिले कति नालायकी काम गरेका रहेछौं भन्‍ने देखिन्छ। रेकर्ड मगाएर बजाउन माग गर्दछु,’ उनले भने ।

प्रधानमन्त्रीले सनकका आधारमा संसद विघटन गर्न नपाउने व्यवस्था संविधानमा गरिएको पनि उनले सम्झाए ।

विडारीले बहुमतको प्रधानमन्त्रीले २०४७ सालको संविधान र बेलायतको पुरानो १८ ‍औ शताब्दीको प्रचलन अहिले प्रयोग गरेर विघटन गरेको भन्दै आक्रोश व्यक्त गरे। 

उनले कहिले पार्टी फुट्ला र मन्त्री पाउला, फेरि मन्त्री होउला भनेर बसिरहेकाहरुले नै नेपालको संविधानको धारामा जथाभावीक कुतर्क गरेर बेइज्जत गरेको आरोप लगाए ।

विडारीले राष्ट्रपतिलाई संसारका अगाडि बद्नाम गर्न खोजिएको बताए। ‘राज्यका सबै संवैधानिक अंगलाई विवादित बनाए। पार्टीले काम गर्न दिएन भने अध्यक्ष पार्टीमा असफल हो। संसद अविश्वास आउनु भनेको प्रधानमन्त्री असफल हो। अनि विवाद पार्टीमा भयो प्रहार संसदलाई गर्ने ? ताजा जनादेश प्रमको हुकुमबाट हुने कि संविधानिक प्रक्रियाबाट हुने ?’ उनले प्रश्न गरे।

वैशाखमा चुनाव नहुने ठोकुवा गर्दै विडारीले अबको तीन महिनापछि ओलीले फट्याई गरेको पुष्टि हुने जिकिर गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ