arrow

सन्दर्भ पृथ्वी जयन्ती

केपी ओलीले आफ्नो बाउलाई बिर्सेको हो – डा. प्रकाशचन्द्र लोहनी

logo
प्रकाशित २०७७ पुष २७ सोमबार
prakash-chandra-lohani.jpeg

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी प्रधानमन्त्री केपी शर्मा ओलीले पृथ्वी जयन्ती नमनाउनु भनेको आफ्नो बाउलाई बिर्सेको जस्तो भएको बताएका छन् । सोमबार पृथ्वी जयन्तीको सन्दर्भमा कुरा गर्दै डा. लोहनीले पृथ्वी नारायण शाह नै नेपाल निर्माणका जग भएको बताए । 

उनले भने, ‘हामीले सरकारलाई पटक पटक सम्झायौं । तर सरकारले मानेन । पृथ्वीनारायण शाहले एकीकरण नगरेको भए कसले गरेको त ? जान्दाजान्दै पनि पृथ्वीनारायणलाई भुल्नु भनेको उहाँले आफ्नो बाउलाई बिर्सेको हो ।’

नेपाली रेडियो नेटवर्कसँगको कुराकानीमा उनले ओलीले संसद विघटन गरेर असंवैधानिक कदम चालेको बताए । डा. लोहनीले भने, ‘संविधानमा स्पष्ट भइसकेको कुरामा अब हामीले धेरै बोल्नु पर्दैन । सर्वोच्च अदालतले व्याख्या गर्ने हो । सर्वोच्चको निर्णय पर्खन्छौं ।’

संविधानमा प्रधानमन्त्रीले संसद विघटन गर्न नपाइने स्पष्ट लेखिसकेपछि ओलीको कदम गलत भइसकेको भन्दै उनले थपे, ‘संविधानमा यस्तो देखिएको भए पनि प्रधानमन्त्री खड्गप्रसाद ओलीले भने विघटन गर्न पाइने भनेर लेखिनु पर्छ । होइन भने यस्तो पनि हुन्छ ? असंवैधानिक कदम भइसकेपछि त्यो गलत हो ।’ 

सर्वोच्च अदालतको सर्वोच्चतामाथि नै ओलीले प्रश्न उठाउँदै आएको भन्दै यो गलत काम पनि रोक्नुपर्नेमा उनको जोड छ । भन्छन्, ‘सर्वोंच्चको काम उहाँले बोल्ने हो ? कुनै पनि हालतमा पुनःस्थापना हुँदैन भनेर नजथरअन्दाज गरिसक्नुभयो ।’ 

उनले ‘धर्मनिरपेक्षताले नेपालमा केही हुँदैन । हाम्रो पहिचान हिन्दू धर्म र राजसंस्था नै हो । संसारको त्यस्तो कहाँ ठाउँ छ जहाँ राजाले पत्रकार सम्मेलन गरेर लौ तपाईहरु श्रीपेच सम्हाल्नुस् भनेर गएका छन् ? त्यो संस्थाले अभिभावकत्व गर्छ । गणतन्त्रले नेपालको भलो गर्दैन ।’ 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ