arrow

सुपर कपको उपाधि पीएसजीलाई, नेयमारको गोल 

logo
प्रकाशित २०७७ माघ १ बिहिबार
super-cup-psg.jpg

काठमाडौं । सुपर कप फुटबलको उपाधि पेरिस सेन्ट जर्मेनले जितेको छ । बुधबार राति भएको फाइनलमा मार्सेलाई २–१ गोल अन्तरले पराजित गर्दै पीएसजी च्याम्पियन बन्न सफल भएको हो । 

पीएसजीको जितमा माउरो इकार्डी र नेयमारले एक एक गोल गरे । मार्सेका दिमिट्री पायटले एक गोल फर्काए ।

यससँगै पीएसजीले १० औं पटक सुपर कपको उपाधि जित्न सफल भएको छ । यस्तै मुख्य प्रशिक्षक माउरिसियो पोचेटिनोले आफ्नो करियरकै पहिलो उपाधिसमेत हात पार्न सफल भएका छन् ।

यसअघि लामो समय इङ्गलिश क्लब टोटनह्याममा रहेका पोचेटिनोले उपाधि जित्न सकेका थिएनन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ