arrow

राष्ट्रिय अनुसन्धान विभाग बाँकेका एक कर्मचारीको नेपालगन्जमा हत्या

logo
प्रकाशित २०७७ माघ २ शुक्रबार
anusandan-aayog.JPG

नेपालगन्ज । नेपालगन्जमा एक जना राष्ट्रिय अनुसन्धान विभाग बाँकेका कर्मचारी मृत अवस्थामा फेला परेका छन् ।

राष्ट्रिय अनुसन्धान विभाग बाँकेमा कार्यरत  सहायक सूचक प्रबिण  थापामगरको शब शुक्रबार दिउँसो कारकाँदोको पूर्व तिरको खेतमा फेला परेको जिल्ला प्रहरी बाँकेले बताएको छ ।

बाँके प्रहरीका अनुसार मगरको टाउकोमा धारिलो हतियारको चोट रहेको  छ । मृतकको शरीरमा डाम देखिएकाले घटनाको प्रकृति हेर्दा हत्या हुन सक्ने बाँके प्रहरीले जानकारी दिएको छ।

घटना बारे अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी बाँकेले जानकारी दिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ