arrow

गणतन्त्रका संवाहकहरूको आरोप प्रत्यारोपको स्तरले प्रणालीमाथी वितृष्णाः कमल थापा

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ माघ ३ शनिबार
kamal-thapa_(2)1.jpg

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले गणतन्त्र, धर्मनिरपेक्षता र संघियताका संवाहकहरूको परस्पर आरोप प्रत्यारोपको भाषा, शैली र स्तरले राजनीतिक प्रणालीमाथी नै जनतामा वितृष्णा र घृणा पैदा गरेको टिप्पणी गरेका छन् । अहिले प्रमुख दलहरुमा चलिरहेको आरोप प्रत्यारोपमाथि सामाजिक संजालमा टिप्पणी गर्दै अध्यक्ष थापाले स्वार्थगत आधारमा संविधान, न्यायालय र व्यवस्थाको धज्जी उडाउने कार्यले उनीहरू आफूले स्थापित गरेका मान्यतालाई औचित्यहिन साबित गरी रहेको बताएका हुन् ।

थापाले भनेका छन्,' गणतन्त्र,धर्मनिरपेक्षता र संघियताका संवाहकहरूको परस्पर आरोप प्रत्यारोपको भाषा, शैली र स्तरले राजनीतिक प्रणालीमाथी नै जनतामा वितृष्णा र घृणा पैदा गरेको छ । स्वार्थगत आधारमा संविधान,न्यायालय र व्यवस्थाको धज्जी उडाउने कार्यले उनीहरू आफूले स्थापित गरेका मान्यतालाई औचित्यहिन साबित गरी रहेछन् ।'

नेकपाका दुई खेमामा बाँडिएका नेता कार्यकर्ताहरुबीच जारी तल्लोस्तरको आरोप प्रत्यारोपकै बीचमा थापाको यो प्रतिक्रिया आएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ