arrow

कोरोनाबाट विदेशमा मात्र ३ सय १९ नेपालीको निधन, फाइजरको खोप लगाउन सुझाव

logo
प्रकाशित २०७७ माघ ४ आइतबार
corona-killed1.jpg

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट विदेशमा थप दुईजना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघका अनुसार यो साता युकेमा एक जना र साउथ अफ्रीकामा एक जनाको निधन भएको हो ।

गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो संगै विदेशमा कोरोना भाइरसबाट विदेशमा २० देशमा ३ सय १९ पुगेको  छ ।

संघको स्वास्थ्य समितिका संयोजक सन्जिव सापकोटाका अनुसार शनिवार साँझसम्म विभिन्न ५० देशमा रहेका ५४ हजार ५ सय ९१ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ ती मध्ये ५२ हजार ९ सय ४५ जना कोरोना मुक्त भएका छन् । यो कुल संक्रमितको ९५ प्रतिशत हो ।

गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका अनुसार यो साता बेलायत, जापान, साउथअफ्रीका लगायत मध्यपूर्वमा रहेका थप नेपालीहरुमा कोरोना संक्रमण देखिएको छ ।

नयाँ भाइरस बिरुद्ध फाइजरको खोप लगाउन सकिने

गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका अनुसार ब्रिटेन र दक्षिण अफ्रिकामा देखा परेको कोरोना भाइरसको नयाँ स्वरुप (कोरोनाभाइरस भेरियन्ट) विरूद्ध  अहिले बजारमा आएका खोपहरु प्रयोग गर्न सकिने भएको छ ।

स्वास्थ्य समितिका संयोजक सापकोटाका अनुसार  पछिल्लो छोटो अनुसन्धानले फाइजर र बायोएन्टेक लगायतका भ्याक्सिन नयाँ प्रकृतिको  कोरोना भाइरसको बिरूद्धमा प्रभावकारी हुने देखाएको हो ।

कुल परीक्षणमध्ये कम्तीमा  १० प्रतिशतमा संक्रमण

नेपालमा कोरोना महामारी घट्दो क्रममा रहेको  भएपनि स्वास्थ  सावधानी आवश्यक रहेको  स्वास्थ समितिले जनाएको छ । हाल दैनिक  भैरहेका कुल परीक्षण गरेकामध्ये कम्तीमा  १० प्रतिशतमा संक्रमण हुने गरेको पाइएको भन्दै समितिले  जोखिम कम नभएको उल्लेख  गरेको छ ।

परीक्षणको दायरा पनि घटेको अवस्थामा वास्तविक  तथ्यांक के हो भन्न नसकिने  समितिले  बताएको छ । समितिले मास्क,  भौतिक दुरी र हात धुने लगायत जनस्वास्थ्यका मापदण्ड  पालना गर्न सुझाएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ