arrow

व्यवसाय प्रवद्र्धनमा राम्दी पुल बाधक : शोभाकान्त पौडेल

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७७ माघ ८ बिहिबार
sobhakanta-poudel-fncci.gif

स्याङ्जा। स्याङ्जाको व्यापार व्यवसाय प्रवद्र्धनमा राम्दी पुल बाधक भएको नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य एंव वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष शोभाकान्त पौडेलले बताएका छन्। स्याङ्जा जिल्लामा आज भन्दा करिव ५० बर्ष अगाडी निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याईएको सिद्धार्थ राजमार्गको कारण यस क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भएता पनि स्याङ्जा र पाल्पा जिल्ला जोड्ने राम्दीस्थित कालीगण्डकीमा निर्माण गरिएको पुलको स्तर समयानुकुल नहुँदा यस क्षेत्रको उद्योग र ब्यवसायमा प्रभाव परेको केन्द्रीय सदस्य पौडेलको भनाई छ।

पत्रकारहरु सगँ कुरा गर्दै पौडेलले राम्दीको पुलको भारवहन क्षमता कम भएकोले हेबी ट्रकहरु त्यहाँबाट आउन नपाउँदा माल ढुवानीमा भाडा महङ्गो पर्न गई उद्योगी ब्यवसायी एवम् उपभोक्ताहरुलाई समेत प्रभाव परेको बताए । केही समय अगाडि तानसेन नगरपालिकामा सिद्धार्थ राजमार्गसँग जोडिएका विभिन्न पालिका प्रमुख-उपप्रमुखहरु एवम् विज्ञहरुको बैठक बसी सिद्धार्थ राजमार्ग एवम् राम्दीस्थित कालीगण्डकी पुलको स्तरवृद्धिका लागि सम्बन्धित निकायमा पहल गर्ने निर्णय भएता पनि कार्यान्वयन नहुँदा समस्या उत्पन्न भएको पौडेलले बताए। पोखरा र बुटवल-भैरहवा जस्ता दुई ठूला शहरहरुको बीचमा स्याङ्जा रहेको छ पौडेलले भने,‘स्याङ्जाको उद्योगी व्यवसाय प्रवद्र्धनमा राम्दी पुल बाधक बन्यो।’ राम्दी पुलको भारवहन धान्ने क्षमता कम भएपछि स्याङ्जाको व्यवसाय प्रवद्र्धनमा नराम्रो असर परेको छ उनले भने।

उत्पादित वस्तुको बजारको सम्भावना राम्रो भएको तथा यी दुई शहरमा बनेका अन्तर्राष्ट्रिय विमानस्थलहरु सञ्चालन आईसकेपछि त्यसबाट फाईदा लिनका लागि समेत राजमार्ग तथा पुलको स्तरउन्नति अपरिहार्य रहेको पौडेलको भनाई छ। सिद्धार्थ राजमार्गको स्तरउन्नति भएमा यस क्षेत्रको पर्यटन प्रबद्र्धनमा समेत उल्लेखनीय विकास हुने र पुलको क्षमता वृद्धिबाट हेबी ट्रकहरु सजिलै आवतजावत गर्नगराउन सकेमा विभिन्न खालका उद्योगहरु स्थापना गर्न सकिने, उत्पादित वस्तुको बजारीकरणमा सहज हुने तथा आयातित वस्तुको मूल्यमा सस्तो पर्न गई उद्योगी ब्यवसायी तथा आम उपभोक्ताहरुलाई समेत फाईदा पुग्ने पौडेलले बताए।

केन्द्रीय सदस्य पौडेलले स्याङ्जा जिल्लाका नीजि क्षेत्रका अगुवाहरु एकठाउँ बसेर  एकताका साथ यस क्षेत्रको उद्योग र ब्यापारको विकासका लागि नेपाल उद्योग वाणिज्य महासंघ मार्फत पनि सरकारसँग पहल गर्न सकिने र त्यसका लागि आँफू प्रतिबद्ध रहेको बताए। पटक पटक संसदमा राम्दीको पुल स्तरोन्नती गर्न स्याङ्जाका सांसदहरुले माग गरेपनि आज सम्म सुनुवाई नहुनु दुखद रहेको पौडेलले बताए। दुई जिल्ला र दुई प्रदेश जोड्ने राम्दी पुल २०२७ सालमा उद्घाटन गरिएको थियो। भारबहन क्षमता कमजोर हुँदा स्याङ्जावासीले महङ्गोमा सामाग्रीहरु खरीद गर्न बाध्य रहेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ