arrow

स्थायी बन्ध्याकरण सम्बन्धी निःशुल्क शिविरबाट साढे तीनसय जनाले लिए सेवा

logo
प्रकाशित २०७७ माघ १० शनिबार
doti3.jpg

डोटी । डोटीमा संचालन गरिएको स्थायी बन्ध्याकरण निशुल्क शिविरवाट ३ सय ३२ जनाले सेवा लिएका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय र नेपाल परिवार नियोजन संघ डोटी शाखाको संयुक्त आयोजनामा गरिएको एक महिने निःशुल्क स्थायी बन्ध्याकरण शिविरवाट सेवा लिएका हुन् ।

जिल्ला विभिन्न स्वास्थ चौकी र अस्पतालबाट सेवा लिएको नेपाल परिवार नियोजन संघ डोटी शाखाका निमित्त प्रमुख हरिहर श्रेष्ठ जानकारी दिए।

जिल्लाका डोटी स्वास्थ चौकी, मौवानगर दह स्वास्थ चौकी ,सानागाउ स्वास्थ चौकी, पोखरी स्वास्थ चौकी, तिखात्तर स्वास्थ चौकी ,चवराचौतारा स्वास्थ चौकी ,मुडेगाउ स्वास्थ चौकी,बग्लेक स्वास्थ चौकी, सरस्वती प्राथमिक स्वास्थ केन्द्र  ,निरौली स्वास्थ चौकी ,घाङ्गल स्वास्थ चौकी ,खडयौली सामुदायिक स्वास्थ इकाई , जिल्ला अस्पताल र सुजङ अस्पतालबाट निःशुल्क सेवा लिएको श्रेष्ठले बताए ।

श्रेष्ठले भने, ‘जिल्लाका विभिन्न ठाउँमा गरिएको निशुल्क स्थायी बन्ध्याकरण शिबिरबाट एक सय दुईजनाले भ्यासेक्टोनी, दुईसय तीस जनाले मिनिल्याव र नौं जनाले महिलाले इम्पालन्ट सेवा लिएका छन् । यस बर्ष लक्ष्य भन्दा बढी सेवा दिन सफल भएका छौ।’

शिविरमा सुजङ अस्पतालका स्त्रीरोग बिशेषज्ञ डा.पंकज प्रताब देवले सेवा दिएका थिए । निःशुल्क शिविरमा  स्थानीय तहहरुले सेवाग्राहीलाई कम्मल वितरण गरेका थिए  ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ