arrow

झापामा यात्रुवाहक बसमा तोडफोड

logo
युवराज रेग्मी
प्रकाशित २०७७ माघ १० शनिबार
bus6.jpg

झापा । झापाको शिवसताक्षी स्थित किराँत चोकमा सार्वजनिक बस  तोडफोड भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तरगत पर्ने किराँत चोकमा अपरिचित युवाहरुले तोडफोड गरेको झापा प्रहरीले जनाएको छ ।

धरानबाट काँकरभिट्टातर्फ जाँदै  गरेको उक्त यात्रुवाहक बसमा नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले ढुंगामुडा तथा खुकुरी प्रहार गरि  सिसा फुटाइदिएको प्रहरीको दाबी छ ।

करिब  मध्यान्न १२ बजेतिर चलिरहेको बस रोकेर तोडफोड उत्रिएका हुन । तोडफोडका कारण बसको अग्रभाग र झ्यालका सिसाहरु फुटेका छन् ।

आफ्ना कार्यकर्तालाई रिहाइको माग राख्दै शनिबार देशभर विप्लव समूहले नेपाल बन्दको आव्हान गरेको थियो । सो घटना समेत विप्लव समूहबाट हुनसक्ने सुरक्षा अधिकारीहरुले जानकारी दिएका छन् 

बा४ख ८८९७ नम्बरको गजुरमुखी यातायातमा तोडफोड भएपछि बस ईलाका प्रहरी कार्यालय  झिलझिलेमा राखिएको छ ।

तोडफोडमा संलग्नहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ