arrow

अष्ट्रेलियाबाट बाहिरिन सक्छ गुगल !

logo
प्रकाशित २०७७ माघ ११ आइतबार
Google-Australia.jpg

काठमाडौं । अष्ट्रेलियाको सरकारले एक नयाँ कानुन अघि सारेको छ । जसअनुसार गुगले आफ्नो सर्च इन्जिनमा देखाउँने समाचारहरुका लागि त्यहाँका सञ्चारमाध्यमलाई पैंसा तिर्नुपर्ने छ ।

यो कानुन पास हुने तयारी भइरहँदा गुगलले अष्ट्रेलियामा गुगलको सर्च हुने सेवा नै बन्द गर्ने धम्की दिएको छ । सर्च इन्जिनका मामिलामा विश्वका अन्य मूलुक जस्तै अष्ट्रेलियामा पनि गुगलको ९० देखि ९५ प्रतिशत मार्केट छ ।

अष्ट्रेलियामा गुगल बन्द भएपनि माइक्रोसफ्टको बिंग, डकडकगो, याहुलगायतका अन्य सर्च इन्जिन पनि उपलब्ध नै छन् । 

तर, गुगलले यो कानुनको कार्यान्वयन नगर्ने उल्टै अष्ट्रेलियामा सेवा नै बन्द गरिदिने चेतावनी दिएको हो ।

तर, अष्ट्रेलियाली सांसद रेक्स पैट्रिकले विश्वभर नै अब, यस्तै कानुन आइउने भन्दै गुगलले विश्वभर कै देशहरु छोड्न सक्छ त भन्दै प्रश्न गरेका छन् ।

गुगलले चीनमा सन् २०१० देखि नै आफ्नो सेवा बन्द गरेको छ । त्यस्तै युरोपेली मूलूकहरुले पनि गुगलले न्युज पब्लिसरहरुलाई पैंसा दिनुपर्ने निर्णय गरिरहेको छ ।

अष्ट्रेलियामा गुगलले सन् २०१९ मा करिब १३ करोड अमेरिकी डलर मात्रै विज्ञापनबाट नाफा कमाएको थियो । अष्ट्रेलियाबाट बाहिरिदा गुगलले पैसाको मामिलामा घाटा भने हुने छैन् ।

तर, गुगल एक सर्च इन्जिन भन्दा बढी हो  । युट्युब, जीमेल, म्याप्सलगायतका विभिन्न सेवाहरु पनि गुगलका अर्का महत्वपूर्ण पाटाहरु हुन् ।

अष्ट्रेलियाली सरकराले प्रिन्ट मिडिया सकिँदै गएका बेला गुगलले डिजिटल मिडियालाई पैंसा दिने कानुन बनाएको हो । तर, गुगलले यसमा सहमति जनाउँछ या अष्ट्रेलियाबाटै बाहिरिन्छ त्यो हेर्न बाँकी छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ