arrow

विश्वमै पहिलो पटक कृत्रिम कोर्निया प्रत्यारोपण, ७८ वर्षीय वृद्धले पाए ज्योति

logo
प्रकाशित २०७७ माघ १३ मंगलबार
corona-transplant-eye.jpg

काठमाडौं । इजरायलमा ७८ वर्षीय एक पुरुषले कृत्रिम कोर्निया प्रत्यारोपण गरेर दृष्टि पाएका छन् ।दश वर्षअघि बाँया आँखाको ज्योति गुमाएका जमल फुरानीले कोर्निया प्रत्यारोपण गरेसँगै किताब पढ्न, मानिसहरुलाई चिन्न थालेका छन् ।

इजरायली कम्पनी कोर्नेट भिजनले बनाएको कृत्रिम कोर्निया इजरायलको रबिन मेडिकल सेन्टरमा प्रत्यारोपण गरिएको हो ।एक घण्टाभन्दा कम समयमै प्रत्यारोपण सकिएको प्रत्यारोपण गर्ने चिकित्सक प्रोफेसर इरिट बहारले बताएकी छन् ।

कार्नेटभिजन कम्पनीले परीक्षणात्तमक तरिकाले यो अपरेसन गरेको थियो । कृत्रिम कोर्निया प्रत्यारोपण सफल भएसँगै अब, विश्वभरका दशौंलाख मानिसहरुले आँखाको ज्योति पाउँने सम्भावना देखिएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ