arrow

ओलीको अनुभूतिसङ्ग्रह आधा बाटो सार्वजनिक

logo
प्रकाशित २०७७ माघ १४ बुधबार
aadhabato.jpg

काठमाडौं । लेखक सुदनकुमार ओलीको पहिलो पुस्तक आधाबाटो सार्वजनिक भएको छ । सामाजिक र आर्थिक विषयमा कलम चलाउँदै आएका लेखकको यो अनुभूतिसङ्ग्रह पहिलो पुस्तक हो । 

अक्सिजन मिडिया प्रालिबाट प्रकाशित पुस्तकमा बाल्यकालदेखिका महत्वपूर्ण स्मृतिहरुमध्ये १९ वटा स्मृतिहरु सङ्ग्रहित छन् । विश्व महामारीको रुपमा फैलिएको कोराना भाइरसको बन्दाबन्दीको समयमा लेखिएको यो पुस्तकबाट पाठकहरुले भिन्नै स्वाद प्राप्त गर्न सक्ने दाबी गरिएको छ । 

पुस्तकमा ग्रामिण जीवनस्तरको यथार्थपरक चित्रण गरिएको छ । बाल्य अवस्थादेखि विद्यावारिधि अध्ययन समयसम्मको विभिन्न संघर्ष तथा अनुभवका बिन्दूहरुको व्याख्या गरिएको छ । पुस्तकका अधिकांश पात्र तथा स्थानहरुको  अतिसंवेदनशील बाहेकका सबैको वास्ताविक वर्णन गरिएको छ । कहिले अति  रोमाञ्चक त कहिले अत्यन्तै रोदनमुलक भावको संयोजन भएको अनुभवहरुको प्रस्तुतिले पाठकलाई विलक्षणको अनुभव गराउनेछ । 

पुस्तक १७१ पानाको रहेको छ । सो किताबको मूल्य जम्मा २५० रुपैयाँ राखिएको छ । यो किताबबाट उठेको रुकम सबै बिजनेश तथा सामाजिक आर्थिक अध्ययनमा लगाउने जनाइएको छ । 

किताब ललितपुर झम्सिखेलस्थित बुक ल्याण्ड तथा विभिन्न अनलाइन माध्यमबाट प्राप्त गर्न सकिन्छ । किताब विमोचन कार्यक्रममा महेश पौड्याल र डिल्लीराम शर्माले टिप्पणी गरेका थिए भने उक्त कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिहरुको सहभागिता रहेको  थियो । साथै सो कार्यक्रममा पूर्वमन्त्री अमरसिंह पुन, मनोजमणि आचार्य तथा व्यवसायी बलराम खतिवडाले लेखकलाई आगामी दिनको हार्दिक शुभकामना दिएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ