arrow

पुस्तक लेख्दै लोकमानसिंह कार्की, फागुनमा विमोचन गर्ने

logo
प्रकाशित २०७७ माघ १४ बुधबार
lokman-singh-karki.jpeg

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त तथा पूर्व मुख्यसचिब लोकमानसिंह कार्कीले आफ्नो पुस्तकको अन्तिम रुप दिने तयारीमा जुटेका छन् ।

समाचार स्रोतका अनुसार कार्कीले नेपाली भाषामा आठसय पेज लामो गीता समष्टि तयार गरिरहेका छन् ।

उक्त पुस्तक आउँदो फागुनमा विमोचन हुने बताइएको छ । चार वर्षअगाडि अख्तियारबाट कानूनको अपब्याख्या गरी अन्यायपूर्ण तरिकाले हटाइएको दाबी गरेका उनले नेपाली भाषामा गीता लेखेको बताएका छन् ।

आफूमाथि आएको दुःखको मुक्तिका लागि ओशो, श्रीमद्भागवत गीता, अष्टबक्र महागीता, धम्मपद, महावीरवाणी, उपनिषद् र शिवसूत्रलगायत सुन्ने गरेको कार्कीले बताएका छन् ।

हालै एक साप्ताहिक पत्रिकासँग अन्तरवार्ता दिने क्रममा कार्कीले दुई वर्षसम्म दैनिक पन्ध्र घण्टा गीता सुन्ने र लेख्ने काम गरेको बताएका छन् ।

भक्तियोग, कर्मयोग र ज्ञानयोगमा लेखिएका अधिकाङ्श भाष्यकारको गीता अध्ययन गरी समस्टिमा पुस्तक तयार पारेको कार्कीले बताएका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ