arrow

ग्लोबल वार्मिंगका कारण पृथ्वीको २८ खर्ब टन बरफ पग्लियो

logo
प्रकाशित २०७७ माघ १४ बुधबार
earth-hurrican.jpg

काठमाडौं । लामो समयदेखि हामीले धुर्वीय हिँउ पग्लिदै गएका कारण समुन्द्री सतह बढ्दै गएको र यसले पृथ्वीमा ठूलो बिनाश ल्याउँने कुरा सुन्दै आएका छौं ।यसै कुरालाई हालै सार्वजनीक एक नयाँ अध्ययनले पुष्टि गरेको छ । उक्त अध्ययन अनुसार सन् १९९४ देखि सन् २०१७ सम्म पृथ्वीमा रहेको २८ खर्ब टन बरफ पग्लिएको छ ।

यो भनेको भनेको पूरै बेलायतलाई ३०० फिट अग्लो हिँउको तहले ढाक्न मिल्ने भन्दा बढी हो । पृथ्वीमा रहेका विभिन्न भुउपग्रहबाट प्राप्त तथ्यांकबाट गरिएको बरफ पग्लिएको सन्दर्भको पहिलो अध्ययनका रुपमा रहेको यो अनुसन्धान बेलायतको लिड्स विश्वविद्यालयले गरेको हो ।

अनुसन्धानकर्ताहरुले पृथ्वीभरीका २ लाख १५ हजार हिमाल, आर्कटिक र ग्रिनल्याण्ड लगायतका क्षेत्रमा पग्लिएको बरफको खोज गरेका थिए ।

यो २३ वर्षको अवधिमा बरफ पग्लिने दर ६५ प्रतिशत पुगेको अन्वेषकहरुले बताएका छन् । अन्टार्कटिका र ग्रिनल्याण्डमा धुर्वीय हिँउमा बिशाल ह्रास आउँदै गएको अन्वेषकहरुले बताएका छन् ।

सन् १९८० को दशकदेखि प्रत्येक वर्ष समुन्द्री तापक्रम ०.१२ डिग्रि सेल्सियदेखि बढेर ०.२६ डिग्रि सेल्सियस पुगेको छ । 

अनुसन्धानकर्ताहरुले अहिलेसम्मको ३२ प्रतिशत हिँउ पग्लिनुको कारण समुन्द्री तापक्रम बढ्नु र ६८ प्रतिशत हिँउ वायुमण्डलिय परिवर्तन भएको बताएका छन् ।

हिँउ पग्लिनुले समुन्द्र सतह बढ्नुमात्रै नभइ अन्य विभिन्न किसिमका असरहरु गर्ने अध्ययनमा संलग्न वैज्ञानिक आइसोबल लरेन्सले बताएका छन् । 

हिँउमा पुगेको प्रकाश पृथ्वीबाट फिर्ता पठाउँने प्रकृयामा बाँधा हुने, हिमताल फुट्नसक्ने, खोनपानीका मुहान ह्रास हुने लगायतका समस्या उत्पन्न हुने उनले बताएका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ