arrow

पुनःनिर्माणपछि जापानले हस्तान्तरण गर्‍यो विपी राजमार्ग 

logo
प्रकाशित २०७७ माघ १५ बिहिबार
Bashanta_Nembang1.jpg

काठमाडौं । जापान सरकारले निर्माण गरेको विपी राजमार्ग भूकम्पपछिको पुनःनिर्माण सकेर नेपाल सरकारलाई हस्तान्तरण गरेको छ ।

विहीबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आयोजित भर्चुअल कार्यक्रम मार्फत जापानले उक्त सडक नेपाललाई हस्तान्तरण गरेको हो ।

पुनःनिर्माण गरिएको विपी राजमार्गको भर्चुअल उद्घाटन गर्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री माननीय वसन्तकुमार नेम्बाङ्गले नेपालको विकास निर्माणमा जापान पुरानो साझेदार रहेको बताए ।

नेपालको उर्जा, यातायात, खानेपानी तथा सरसफाई, शिक्षा, स्वास्थ्य, शान्ति स्थापना, र कृषी क्षेत्रमा जापान सरकारको योगदान अनुलनीय रहेको बताए ।

मन्त्री नेम्बाङ्गले नेपालको विकासमा जापानको सहयोगको प्रशंसा गरे । उनले भने ‘नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र मेरो व्यक्तिगत तर्फबाट जापानको यो साथ र सहयोगको हृदयदेखि नै प्रशंसा गर्न चाहन्छु ।’

उनले नेपालको विकास र समृद्धिको चाहना परिपूर्ति गर्न नेपालका लागि जापानी राजदुत मासामिची साइगोको साथ र समन्वयको समेत प्रशंसा गरेका थिए ।

त्यस्तै जापनीज राजदुतमा सामिची साइगोले नेपाल र जापानबीच गहिरो मित्रता रहेको उल्लेख गर्दै नेपालको विकासमा जापान सरकारको साथ संधै निरन्तर रहने बताए ।

राजधानीलाई पूर्वी तराईसंग जोड्ने १ सय ६० किलोमिटर लामो विपी राजमार्ग जापानले १९९६ मा निर्माण सुरु गरेर २०१५ मार्चमा सम्पन्न गरी नेपाललाई हस्तान्तरण गरेको थियो । 

हस्तान्तरण गरेको दुई महिनान बित्दै वि.स. २०७२ वैशाख १२ गते गएको महाभूकम्पका कारण पाँच ठाउँमा क्षति पुगेको थियो । भूकम्पपछिको पुनःनिर्माण पनि जापानले नै जिम्मा लिएको थियो ।

विपी राजमार्गको पुनःनिर्माण सन् २०१९ जुलाई ३ मा जापानीज निर्माण कम्पनी हाजमा अण्डो कर्पाेरेशनले सुरु गरेको थियो । करिब १८ महिनामा निर्माण सम्पन्न भयो ।  पुनःनिर्माणमा गिट्टी, बालुवाबाहेक अधिकांश निर्माण सामाग्री र प्रविधि जापानबाट नै ल्याइएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ