arrow

चन्द्रमाको कारण मानिसको निद्रामा समेत असर : अध्ययन

logo
प्रकाशित २०७७ माघ १६ शुक्रबार
big-moon1.jpg

काठमाडौं । चन्द्रमाले पृथ्वीको परिक्रमा गर्ने क्रममा ज्वारभाटा उत्पन्न हुने कुरा सबैलाई अवगत नै छ । तर, यस्तोमा खोजकर्ताहरुले एक नयाँ तथ्य सार्वजनीक गरेका छन् ।चन्द्रमाले पृथ्वीको परिक्रमा गर्ने क्रममा मानिसको निद्रालाई समेत असर पार्ने गरेको पाइएको छ ।

युनिभर्सीटी अफ वाशिंगटन, अर्जेनटिनाको नेशनल युनिभर्सीटी अफ क्लिमेस र येल युनिभर्सीटीले गरेको अध्ययनले पूर्ण चन्द्रमाको अघिल्लो रात मानिसहरु ढिला सुत्ने र चाँडो उठ्ने देखिएको हो ।

बुधबार साइन्स एडान्सेसमा प्रकाशित अध्ययनका अनुसार पूर्ण चन्द्रमा देखिनुको अघिल्लो रात मानिसहरुले ३० मिनेट ढिला सुत्ने र ५० मिनेट छिटो उठ्ने पाइएको हो ।

अध्ययनमा संलग्न व्याक्तिहरुको नाडीमा निद्रा मोनिटर गर्ने मेसिन राखएिको थियो । यतिमात्रै हैन, अनुसन्धानकर्ताहरुले विद्युतीय पहुँच भएको र नभएको दुवै किसिमका ठाउँका मानिसहरुमा यो अनुसन्धान गरेका थिए।

गाउँ र शहरका विद्युतीय पहुँच भएका र नभएका दुवै मानिसमा गरिएको अध्ययनले सबै मानिसहरु केही ढिला सुतेको र केही चाँडो उठेको पाइएको हो ।

वाशिंगटन युनिभर्सीटीका प्राध्यापक होरासियो डे ला इग्लेसियाले यो अध्ययनको नेतृत्व गरेका छन् । उनले साँझको समयमा प्रकाश एवं स्क्रिनबाट टाँढिएर बस्दा निद्रा पर्न सजिलो हुने बताएका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ