arrow

सरकारी मोटरसाइकलमा नेकपाको झण्डा फरर

सरकारी स्रोतमा नेकपाको दुरुपयोग बढ्दो

logo
गोविन्द बीसी
प्रकाशित २०७७ माघ १७ शनिबार
goverment-motercycle-misuse.jpg

काठमाडौं। स्थानीय तहमा जनप्रतिनिधिको सेवासुविधाका लागि वितरण गरिएको सरकारी मोटरसाइकल जथाभाबी प्रयोग बढ्न थालेको छ । सार्वजनिक बिदाको दिन सरकारी नम्बर प्लेटको मोटरसाइकलमा पार्टीको झण्डा बोकेर हिड्ने गरेको तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । धेरैले उक्त तस्बिरलाई शेयर गरेका छन्, भने जनप्रतिनिधिको लापरबाही भन्दै तीव्र आलोचनासमेत गरेका छन् । 

शनिबार कैलालीको मोहन्याल गाउँपालिका वडा नम्बर १ का वडाअध्यक्ष नवीन पुनमगरले प्रयोग गर्दै आएको सरकारी मोटरसाइकल दुरुपयोग भएको छ । वडाअध्यक्ष पुनमगरले प्रयोग गर्दै आएको से१ब ६६६ नम्बरको सरकारी नम्बर प्लेटको मोटरसाइकल दुरुपयोग भएको हो ।

गाउँपालिकाले स्थानीय तहका जनप्रतिनिधिलाई काममा सहजता र सुविधा दिन वितरण गरेको उक्त मोटरसाइकलमा नेपाल कम्युनिस्ट पार्टीको अंकित झण्डा फहराएको दृश्यसहितको तस्बिर यतिबेला सार्वजनिक भएको छ । सत्तारुढ दल नेकपाको प्रचण्ड माधव समूहले शनिबार धनगढीमा आयोजना गरेको विरोधसभाका लागि उक्त सरकारी मोटरसाइकलको प्रयोग भएको हो । 

सेतो नम्बर प्लेटको सवारीसाधन जनप्रतिनिधि वा कर्मचारीले कार्यालय समयमा र बिदाको दिनमा सम्बन्धित कार्यालयको अनुमति लिएर मात्र चलाउन पाउने प्रावधान छ । बिदाको दिनमा सरकारी साधन चलाउनु परेमा जिल्ला प्रशासन कार्यालयबाट स्वीकृति लिनुपर्छ । तर, सम्बन्धित व्यक्ति बाहेकले बिदाका दिन पनि निर्वाध रूपमा राजनीतिक दलको सभाको प्रयोजनका लागि गुडाउनु गैर जिम्मेवारीपन हो । 

वडाध्यक्ष नवीन पुनमगरले भतिजाले मोटरसाइकल चलाएको स्वीकार गरे । उनले आफूले पेट्रोल हाल्न भन्दै बौनिया बजारस्थित पेट्रोल पम्पमा पठाएको तर, पार्टीको झण्डा कसले झुण्डाएको भन्ने बारे जानकारी नभएको बताए । मैले भतिजालाई पेट्रोल हाल्न बौनिया पठाएको हो । उनले भने, कसले झण्डा लगेर मोटरसाइकलमा झुण्डायो भन्ने विषय मलाई थाहा भएन । उनले आफूसहित नेताकार्यकर्ता बसमा धनगढीको विरोध सभामा गएको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ