- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
चन्द्रपुर । रौतहटको चन्द्रपुर नगरपालिकाले आफ्ना १० वटै वडामा अन्य पालिकाभन्दा धेरै रकम विनियोजित गरेको नगर प्रमुख रामचन्द्र चौधरीले दाबी गरेका छन् ।
आइतबार चन्द्रपुरमा ग्रामिण विकास केन्द्र (आरडिसी) द्धारा आयोजित जनता सँगको मेयर कार्यक्रमलाई सम्बोधन गर्दै मेयर चौधरीले नगरपालिकाको हरेक वडामा अन्य पालिका भन्दा धेरै रकम विनियोजिन गर्दै सम्बृद्द नगर बनाउने अभियानमा रहेको बताए ।
मुलुकको ७५३ पालिकाहरु मध्ये वडामा सवैभन्दा बढि रकम विनियोजन हुने नगरपाकिलाको सूचीमा चन्द्रपुर रहेको हुँदा जनताको इच्छा आकाँक्षा अनुरुप काम भईरहेको दाबी उनले गरे । समेत उनले गरेको हो ।
दशवटै वडामा विकास बजेटको लागी ३-३ करोड र बिभिन्न समिति तथा प्रदेश संसद गरी, सशर्त अनुदान बजेट लगायतका बजेट गरी प्रत्येक वडाको भागमा ५ करोड भन्दा बढी बजेट बिनियोजन हुदै आएको मेयर चौधरीले बताए ।
उनले " समृद्धि नगर बनाउन नगरपालिका लागीपरेकाले हरेक क्षेत्रमा बजेट बिनियोजन गर्दै आगामी दिनमा सिटि हल,ब्यवस्थित बसपार्क र सुबिधा सम्पन्न अस्पताल समेत निर्माणका लागि प्रक्रिया थाली सकिएको जानकारी दिए ।
कार्यक्रममा युवा समुह, सामुदायिक वन उपभोक्ता समुह, कृषक समुह, कृषि सहकारी संस्थामा आबद्ध पदाधिकारीहरुले आ-आफ्नो समस्या राख्नु भएको थियो भने सहभागीहरुले राखेको प्रश्न तथा जिज्ञासाको नगरप्रमुख चौधरीले जवाफ दिएका थिए ।