arrow

प्रचण्ड-नेपालको बन्दकाबिच गौरादहमा मेयर कप, उपाधि झापाको पोल्टामा

logo
युबराज रेग्मी,
प्रकाशित २०७७ माघ २२ बिहिबार
gauradaha-cup.jpg

झापा । झापा जिल्लाको गौरादह नगरपालिकाले आयोजना गरेको अन्तर पालिका स्तरित पुरुष भलिबल प्रतियोगिताको उपाधि झापा गापाले जितेको छ । उपाधिका लागि भएको फाइनल खेलमा झापा गाउँपालिका र बिर्तामोड नगरपालिका प्रतिस्पर्धाका लागि बिहीबार मैदानमा उत्रिएका थिए ।

गौरादह खेलकुद विकास समिति द्वारा आयोजित मेयर कप भलिबल प्रतियोगिता २०७७ अन्तरगत बुधवार सम्पन्न सेमिफाइनल खेलबाट बिर्तामोड नगरपालिका र झापा गाउँपालिका फाइनल खेलका निम्ति चयन भएका थिए । तीव्र प्रतिस्पर्धा भएको फाइनल खेल दर्शकको बाक्लो उपस्थितिले रोमाञ्चक बनेको थियो  ।

प्रतिस्पर्धामा झापा गापाले ३ सेट र बिर्तामोड नपाले २ सेटमा विजय हासिल गर्दा झापा गाउँपालिका प्रथम र बिर्तामोड नगरपालिका द्वितीय बन्न सफल भएका थिए । फाइनल खेलका  दुवै प्रतिस्पर्धी टिमहरू झापाको माइपुर्बी पालिका अन्तरगत पर्द्छ्न । बुधवार सम्पन्न पहिलो सेमिफाइनल खेलबाट बिर्तामोड नगरपालिकाले गौरादह नगरपालिकालाई  पराजित गरी फाइनल खेलका लागि छनौट भएको थियो ।  त्यसै गरी बुधवारै सम्पन्न दोस्रो सेमिफाइनल खेलबाट झापा गाउँपालिकाले दमक नगरपालिकालाई पराजित गरी फाइनल खेलमा प्रवेश गरेको थियो ।

नेकपाको प्रचण्ड-नेपाल समूहले बिहीबार आव्हान गरेको देशव्यापी आम हडतालका बाबजुद पूर्व निर्धारित फाइनल खेल शान्तिपूर्ण वातावरणमा सम्पन्न गरिएको गौरादह खेलकुद विकास समितिका संयोजक तथा गौरादह नगरपालिका वडा न २ का वडा अध्यक्ष हेमन्त कार्कीले जानकारी दिए ।

भलिबल प्रतियोगिताका विजेता र उपविजेता टिमलाई क्रमशः नगद १ लाख सहित ट्रफी मेडल र प्रमाणपत्र, नगद ५१ हजार सहित ट्रफी मेडल र प्रमाण पत्र द्वारा सम्मान गरिएको थियो । बन्दका बाबजुद उपस्थित बाक्लो दर्शकहरूले रोमाञ्चित ढिङबाट खेल हेरिरहेका थिए । फाइनल खेललाई हौसला प्रदान गर्न झापा गाउँपालिकाका अध्यक्ष जयनारायण साह खेलकुद कार्यक्रममा सामेल भएका थिए ।

गौरादह खेलकुद विकास समितिको आयोजनामा माघ १९ गतेदेखि श्री जनता माध्यमिक विद्यालय गौरादह १ मा संचालल भएको  उक्त प्रतिस्पर्धा झापा जिल्ला भरका १३ वटा पालिकाहरूले सहभागिता जनाएका थिए । फाइनल खेल कार्यक्रममा रौनकता दिन सांस्कृतिक कार्यक्रम आयोजना गर्नुका साथै गौरादह खेलकुद विकास समिति र विद्युत् प्राधिकरण उप-शाखा गौरादहका कर्मचारी बिच मैत्रीपूर्ण भलिबल खेल सम्पन्न गरिएको थियो ।  मैत्रीपूर्ण खेलमा गौरादह खेलकुद विकास समिति विजेता बन्न सफल भएको थियो ।

फाइनल खेलमा विजेता बन्ने विभिन्न बिधा अन्तरगत म्यान अफ द म्याच बिर्तामोड नपाका रोशन डागी , वेस्ट स्ट्राइकर बिधान खड्का( झापा गापा ) , वेस्ट बलर चर्चित कट्वाल ( झापा गापा ), वेस्ट सटर सागर भट्टराई ( झापा गापा ) , र म्यान अफ द सिरिज रोहित सिवाकोटी ( झापा ) गापा बन्न सफल भएका थिए । सम्पूर्ण बिधाका विजेता र मैत्रीपूर्ण खेलका विजेता हरूलाई मेडल तथा प्रमाण - पत्र सहित सम्मान गरिएको थियो । विजेता टिमका सम्पूर्ण सदस्यहरूलाई गौरादह नगरपालिकाका नगर प्रमुख तथा गौरादह खेलकुद विकास समितिका संरक्षक रोहित कुमार साहले नगद तथा पुरस्कारले सम्मान गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ