arrow

डब्लुएचओको रिपोर्ट : स्तन क्यान्सर विश्वमा सबैभन्दा बढी हुनेमा

logo
प्रकाशित २०७७ माघ २३ शुक्रबार
breasts.jpg

काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले स्तन क्यान्सर विश्वमा सबैभन्दा बढी हुने गरेको रिपोर्ट सार्वजनिक गरेको छ ।

महिला र पुरुष दुवैमा गरी फोक्सोको क्यान्सरभन्दा बढी स्तन क्यान्सरको जोखिम बढेको हो ।

सन् २०२० मा नयाँ भेटिएका सबै खाले क्यान्सरको तुलनामा स्तन क्यान्सर ११.७ प्रतिशतमा देखिएको हो ।

त्यस्तै १० प्रतिशतमा आन्द्राको क्यान्सर, ७.३ प्रतिशतमा प्रोस्टेट क्यान्सर र ५.६ प्रतिशतमा आमाशयको क्यान्सर पाइएको हो ।

सन् २०२० मा मात्रै विश्वभर २३ लाख महिलामा स्तन क्यान्सर भेटिएको डब्लुएचओले जनाएको छ ।

महिलाका हकमा स्तन क्यान्सर मृत्युको मुख्य कारण बनेको पाइएको छ । औसतमा जोखिमपूर्ण क्यान्सरका रूपमा चौथो नम्बरमा स्तन क्यान्सर रहेको छ ।

सन् २०२० मा मात्रै विश्वभर १ करोड ९३ लाखमा नयाँ क्यान्सर देखिएको छ ।

अध्ययनका अनुसार जीवनभरमा ५ जनामध्ये १ जनालाई क्यान्सर हुने गरेको छ । तीमध्ये प्रत्येक आठमध्ये १ जना पुरुष र प्रत्येक ११ मध्ये एक जनाले महिलाले क्यान्सरका कारण ज्यान गुमाउने गरेको छन् ।

च्यारिटी ब्रेस्ट क्यान्सरका अनुसन्धानकर्ता डा. साइमन भिन्सेन्टले स्तन क्यान्सर ठुलो जोखिमका रूपमा बढ्दै गइरहेको बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ