- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
हेटौंडा। मकवानपुरको हेटौंडामा जारी 'हेटौंडा गोल्डकप’ को उपाधि आयोजक टिम क्लब एफ.सी विजय यूथ क्लबले आफ्नो पोल्टामा पारेको छ । शुक्रवार भएको फाइनल प्रतिस्पर्धामा सेन्ट्रल कलेज वि.एफ.सी भरतपुरलाई २–१ गोल अन्तरले विजय यूथ क्लब विजयी भएको हो ।
हेटौंडा १० स्थित वन विज्ञान अध्ययन संस्थानको खेल मैदानमा भएको फाइनल खेल पहिलो हाफमा खेल गोल रहित बराबरी भएको थियो ।खेलको दोस्रो हाफको ५७ मिनेटमा सेन्ट्रल कलेजका रञ्जित आलेमगरले बललाई जाली चुमाउन सफल भए ।
खेलको ६० औं मिनेटमा विजय यूथका सन्त गुरुङले कर्नरबाट आएको बललाई हेड मार्फत गोल पश्चात् गोल बराबरीमा पुराएका थिए । बराबरी गोल पश्चात् खेल रोमाञ्चित भएको थियो ।
खेलको ६६ औं मिनेटमा विजय यूथलाई पेनाल्टीको अवसर पायो र सोही अवसरको सदुपयोग गर्दै रुपेश केसीले गोलकिपर मनोज गुरुङलाई छ्क्याउँदै बललाई जाली चुमाउन सफल भए । केसीले गरेको गोल नै फाइनल खेलको निर्णायक गोल बन्न पुग्यो ।
खेलको म्याच अफ दि म्यान विजय यूथका सन्त गुरुङ भएका थिए ।खेलको विजेता एफ.सी विजय यूथले नगद तीन लाख, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो भने उपविजेता सेन्ट्रल कलेज भरतपुरले नगद एक लाख पचास हजार, ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्यो ।
खेल अवधिमा सर्वाधिक गोलकर्ता सेन्ट्रल कलेजका जोन ग्लोरी पुरस्कृत भए । ग्लोरीले खेल अवधिमा सेन्ट्रल कलेजका लागि पाँच गोल गरेका थिए । खेलको सर्वोत्कृष्ट खेलाडी एफ.सी विजय यूथका रुपेश केसी बने । खेलमा १० वटा टिमले सहभागिता जनाएका थिए ।