arrow

खजुरामा काँग्रेसको वनभोज

logo
प्रकाशित २०७७ माघ २४ शनिबार
rapti-sonari-picnic.jpg

बाँके। नेपाली काँग्रेस खजुराले आज वनभोज कार्यक्रमको आयोजना गरेको छ। नेपाली काँग्रेस खजुरा गाउँपालिकाले आयोजना गरेको वनभोज कार्यक्रम गिजरा सामुदायिक वनको पार्कमा गरिएको थियो। काँग्रेस खजुरा गाउँपालिकाका सभापति शेर बहादुर गुरुङले काँग्रेस सम्बद्ध विभिन्न व्यक्तिहरूको उपस्थितिको वनभोज कार्यक्रम गरिएको जानकारी दिए।

वनभोज कार्यक्रममा नेपाल दलित सङ्घका केन्द्रीय उपाध्यक्ष कृष्ण विके रसाइली, क्षेत्र नम्बर ३ का क्षेत्रीय कार्यसमितिका सल्लाहकार उत्तमराज घिमिरे, नेपाल ट्रेड युनियन काँग्रेस बाँके अध्यक्ष राम बहादुर मल्ल, निजामती कर्मचारीका राप्ती सोनारी गाउँपालिकाका लेखा अधिकृत गौरब कुमार लामिछाने, निर्वाचन कार्यालय बाँकेका कृष्ण रोकाया, डुडुवा गाउँपालिकाका नारायण सापकोटा, नेपाल प्रेस युनियन आबद्धहरूको सहभागिता लगायत ७० बढीको उपस्थिति रहेको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ