arrow

विद्यार्थीलाई ज्याकेट वाड्न पुगे राजेश्वर खनाल

logo
प्रकाशित २०७७ माघ २६ सोमबार
rajeshor-khanel.jpg

चितवन । भरतपुर महानगरपालिका देवटारमा रहेको सामाजिक संस्था नारायणी विकास समाजको सहयोगमा कालिका नगरपालिका वार्ड नम्बर ८ स्थित गैरीबारीमा रहेको चक्रदेवी आधारभूत विद्यालयमा अध्ययनरत कक्षा १ देखि ५ सम्मका १५० विद्यार्थीहरुलाई न्यानो वितरण कार्यक्रम अन्तर्गत ज्याकेट वितरण गरिएको छ ।

करिब दस वर्ष अघि स्थापना भएको यस सामाजिक संस्थाले विकट पहाडी क्षेत्रमा रहेका विपन्न परिवार लगायत विद्यार्थीहरूका लागि हरेक वर्ष न्यानो वितरण कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । जस अन्तर्गत यस पटक कालिका नगरपालिकाको गैरीबारीमा रहेको चक्रदेवी आधारभूत विद्यालयमा अध्ययनरत १५० विद्यार्थीहरुलाइ न्यानो वितरण गर्न लागिएको र चितवन जिल्लामा मात्रै आजसम्म करिब बिस हजार ज्याकेट वितरण गरिएको संस्थाका सल्लाहकार तथा संयोजक राजेश्वर खनालले जानकारी दिए ।

चक्रदेवी आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष झनक बहादुर गुरुङको सभापतित्वमा सम्पन्न न्यानो वितरण कार्यक्रममा मीन बहादुर गुरुङ, काँग्रेस नेता राजेश्वर खनाल, कालिका नगरपालिकाका शिक्षा अधिकारी नारायण वाग्ले, नगर शिक्षा शाखा अधिकृत रबिन्द्रराज देवकोटा, तीनकन्या सामुदायिक बनका अध्यक्ष मान बहादुर मगर, नारायणी विकास समाजका सचिव सुजन गुरुङ, कोषाध्यक्ष भीम बहादुर गुरुङ " काजी ", सामाजिक अभियन्ता केशव तिवारी लगायत विद्यालय व्यवस्थापन समितिका पदाधिकारी तिल कुमारी गुरुङ, पूर्ण माया प्रजा, विष्णु माया प्रजा र युवराज गुरुङको उपस्थिति थियो ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक ईश्वर गुरुङले नारायणी विकास समाजको सहयोगमा संयोजनकारी भूमिका निर्वाह गरी आफ्ना विद्यार्थीहरुलाइ न्यानो वितरण गरेकोमा राजेश्वर खनाल लगायतको टिमलाइ धन्यवाद दिए ।

कालिका नगरपालिकाका नगर शिक्षा अधिकारी नारायण वाग्लेले पहाडी भेगमा चिसो मौसममा एकसरो सर्ट लगाएर अध्ययन गर्न आउने साना नानीबाबु हरुले पाएको यो न्यानो ज्याकेटले उनीहरूलाई अध्ययनमा थप हौसला बढ्ने हुँदा यसरी नै आगामी दिनहरूमा पनि विद्यार्थीहरूका लागि राहतका प्याकेज लिएर गाउँ गाउँमा पुग्न यस संस्थाको भूमिका अग्रणी रहने विश्वास व्यक्त गरे ।

संस्थाका सल्लाहकार तथा काँग्रेस नेता राजेश्वर खनालले कार्यक्रममा उपस्थित विद्यार्थी तथा अभिभावकहरूलाई सम्बोधन गर्दै आफूले वर्षौँदेखि शिक्षा क्षेत्रमै काम गरेको हुनाले जाडोमा न्यानो मात्रै होइन विपन्न सयौँ विद्यार्थीहरुलाइ नि:शुल्क अध्ययन गराइराखेको र कोही पैसाकै कारण पढ्न नपाएको छ भने आफूलाई जानकारी गराए कक्षा १२ सम्म नि:शुल्क अध्ययनको  व्यवस्था समेत गराइदिने जानकारी गराए ।

न्यानो वितरण कार्यक्रमका सभापति झनक बहादुर गुरुङले नारायणी विकास समाज संस्थाको सहयोगमा विद्यार्थीहरूले प्राप्त गरेको न्यानो सहयोगप्रति विद्यालय सधैँ आभारी रहने र बाँकी दिनहरूमा सहकार्यका लागि आग्रह गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ