arrow

विश्वकप क्लब फुटबलको उपाधि भिडन्तमा बायर्न र टिग्रेस 

logo
प्रकाशित २०७७ माघ २७ मंगलबार
bayern-munich4.jpg

काठमाडौं । फिफा क्लब विश्वकप फुटबलको उपाधिका लागि बायर्न म्युनिख र टिग्रेस भिड्ने भएका छन् । सोमबार राति भएको खेलमा इजिप्टको अल एहलीलाई २–० गोल अन्तरले हराउँदै जर्मन क्लब बायर्न उपाधि नजिक पुगेको हो ।

कतारको अहमेद विन अली स्टेडियममा बायर्नलाई जित दिलाउन दुवै गोल रोबर्ट लेवान्डोस्कीले गरे ।

यो जितपछि बायर्नले उपाधिका लागि फाइनलमा मेक्सिकोको टिग्रेससँग खेल्ने भएको हो । टिग्रेसले ब्राजिलको पाल्मेइरसलाई १–० गोल अन्तरले हराएर बायर्नसँगको भेट पक्का गरेको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ