arrow

शिक्षकलाई खोप लगाउने तयारी

logo
प्रकाशित २०७७ माघ २७ मंगलबार
corona-vaccine-covid.jpg

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अग्रपङ्तिमा खटिने शिक्षक-कर्मचारीलाई कोरोना खोप लगाउने व्यवस्था गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग अनुरोध गरेको छ । मन्त्रालयले सरकारको नीतिबमोजिम विद्यालय र विश्वविद्यालयमा कार्यरत शिक्षकलाई प्राथमिकताका आधारमा खोप लगाउने व्यवस्थाका लागि पत्र पठाएको हो ।
 
यसअघि नेपाल शिक्षक महासङ्घ, नेपाल अभिभावक सङ्घ, प्याब्सन, एन प्याब्सनलगायत संस्थाले शिक्षकहरुलाई कोभिड खोप लगाउन आग्रह गर्दै मन्त्री श्रेष्ठलाई ध्यानाकर्षण गराएका थिए । महासङ्घका अध्यक्ष बाबुराम थापा, प्याब्सनका अध्यक्ष टीकाराम पुरी र एन प्याब्सनका अध्यक्ष ऋतुराज सापकोटाले कोभिड-१९ खोप सबै किसिमका शिक्षकलाई तत्काल लगाउने व्यवस्था गर्न मन्त्रालयलाई आग्रह गरेका गराएका थिए ।

खोपका लागि शिक्षक कर्मचारीको यकिन विवरण संकलन गर्न शिक्षा तथा मानव श्रोत विकास केन्द्रले सबै स्थानीय सरकारका शिक्षा शाखालाई गत पुस १० गते नै परिपत्र गरिसकेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ