arrow

सहकर्मीलाई लाञ्छना लगाउने अध्यक्ष ठाकुरसिंह थारुलाई स्वास्थ्यकर्मी संघको २४ घण्टे अल्टिमेटम

logo
प्रकाशित २०७७ माघ २८ बुधबार
health5.jpg

नेपालगञ्ज । विना आधार आफ्ना सहकर्मीलाई लाञ्छना लगाइएको भन्दै नेपाल स्वास्थ्यकर्मी संघ जिल्ला कार्यसमिति बाँकेले दोषीमाथि कडा कारवाहीको माग गरेको छ ।

बुधवार विज्ञप्ति जारी गर्दै स्वास्थ्यकर्मी संघले २४ घण्टे अल्टिमेटम दिएको छ । जिल्ला कोभिड१९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) मा फोकल पर्सनको भूमिकामा रहेका नेपालगञ्ज उपमहानगरपालिकामा कार्यरत हेल्थ असिस्टेन्ट तेज वलीलाई नेपाल पत्रकार महासंघ बाँके शाखाका अध्यक्ष ठाकुरसिंह थारुले व्यक्तिगत गालीगलौज गरेको भन्दै स्वास्थ्यकर्मी संघले सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै सत्यतथ्य छानविन गरी दोषीमाथि तत्काल कारवाहीको माग गरेको हो ।

संघका बाँके अध्यक्ष टेकबहादुर केसीद्वारा हस्ताक्षरित विज्ञप्तिमा २४ घण्टाभित्र कारवाही नगरिए सम्पूर्ण संरचनाका स्वास्थ्यकर्मी आन्दोलनमा उत्रन बाध्य हुने चेतवनी दिइएको छ ।

‘डिसीसीएमसीमा फोकल पर्सन रहेर कुशलतापूर्वक जिम्मेवारी निर्वाह गरिरहेको व्यक्तिलाई निराधार आरोप लगाई राजीनामा दिन बाध्य पारिनु खेदजनक छ’, विज्ञप्तिमा भनिएको छ ।

‘जनताको सेवामा निरन्तर लागिपर्ने कुशल राष्ट्रसेवक कर्मचारीमाथि सत्य र तथ्य आधार विना लाञ्छना लगाएर उहाँको परिवारलाई समेत आँच पुर्‍याउने खालको व्यक्तिगत मनसायको कथित सूचना प्रवाह गर्नु सिंगो पत्रकारितामाथि शंका उत्पन्न हुनसक्ने र पत्रकारिताको गरिमाको दुुरुपयोग भएको महसुस भएको छ’ विज्ञप्तिमा भनिएको छ ।

डिसीसीएमसीको सोमबार बसेको बैठकले बाँकेका पत्रकारहरुलाई मंगलबार खोप लगाउने निर्णय गरेपनि प्रदेश सरकारले रोकेपछि महासंघ अध्यक्ष थारुले फोकल पर्सन वलीले नै प्रदेशमा फोन गरेर खोप लगाउने कार्यक्रम रोक्न लगाएको आरोप लगाउँदै कोभिड सूचना सम्बन्धि ग्रुप च्याटमा ओलीको चर्को आलोचना गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ