arrow

पत्रकार महासंघ बाँकेका अध्यक्ष थारुले वलीसँग मागे माफी

logo
प्रकाशित २०७७ माघ २८ बुधबार
thakursibg_tharu.jpg

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाका अध्यक्ष ठाकुरसिंह थारुले स्वास्थ्यकर्मी तेज वलीसँग माफी मागेका छन् ।

जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीसँग उनलाई पर्न गएको चोटप्रति सामाजिक सञ्जाल फेसबुकमार्फत् अध्यक्ष थारुले माफी मागेका हुन् ।

बुधबार साँझ एक स्टाटस लेख्दै थारुले कोभिड सूचना सम्बन्धि ग्रुप च्याटमा आफूले प्रयोग गरेको शब्द फिर्ता लिँदै क्षमायाचना गरेका हुन् । उनले यसलाई परिस्थितिजन्य घटनाका रुपमा लिंदै व्यक्तिगत लाञ्छनाका रुपमा नलिइदिन अनुरोध समेत गरेका छन् ।

अध्यक्ष थारुले एउटा घटना विशेषका आधारमा धारणा नबनाउन अनुरोध गरेका छन् । स्टाटसमा उनले कोभिड नियन्त्रणमा आफ्नो ज्यानको प्रवाह नगरी काममा खटिने बाँकेका सबै स्वास्थ्यकर्मीप्रति आफू अध्यक्ष रहेको संस्था र व्यक्तिगतरुपमा आफ्नो आदरभाव रहँदै आएको उल्लेख गरेका छन् ।

उनले लेखेका छन्, ‘काठमाडौंमा खोप लगाइसक्दा समेत मोफसलमा खोप लगाउन नदिएकोमा खिन्नता महसुस गरायो । त्यसपश्चात उत्पन्न परिस्थितिमा पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघ बाँकेको अध्यक्ष एवं संस्थागतरुपमा अभिभावकीय जिम्मेवारी महसुस गर्दै मैले कोभिड बिरुद्धको खोपका लागि पहल गरेँ, जुन मेरो दायित्व र जिम्मेवारी भित्र पथ्र्यो । सोही पहल एवं आग्रहलाई मानेर  जिल्ला खोप अनुगमन तथा समन्वय समितिले बाँकेका पत्रकारलाई खोप लगाउने निर्णय गरेको थियो । फ्रन्टलाइनमा खटिएका पत्रकारलाई खोप लगाउने निर्णयपछि हामीले सहकर्मीहरुलाई अपिल गरे लगत्तै उक्त निर्णय स्थगित भएको खबरले दुःखी बनायो ।’

उनले समग्र नागरिकसहित बाँकेका संचारकर्मीलाई खोप लगाउने निर्णय कार्यान्वयन हुनुपर्ने माग पनि गरेका छन् । नेपालगन्ज उपमहानगरपालिकामा कार्यरत हेल्थ असिस्टेन्ट वलीलाई व्यक्तिगत गालीगलौज गरिएको भन्दै नेपाल स्वास्थ्यकर्मी संघ जिल्ला कार्यसमिति बाँकेले अध्यक्ष थारुमाथि कारवाहीको माग गर्दै २४ घण्टे अल्टिमेटम दिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ