arrow

एफए कपमा टोटनह्याम बाहिरियो, को को पुगे क्वार्टरफाइनलमा ? 

logo
प्रकाशित २०७७ माघ २९ बिहिबार
tottenham7.jpg

काठमाडौं । एफए कप फुटबलमा टोटनह्याम हट्सपर पराजित भएको छ । टोटनह्याम प्रिक्वार्टरफाइनलबाटै बाहिरिएको हो । बुधबार राति भएको खेलमा एभर्टनसँग ५–४ गोल अन्तरले पराजित हुँदै टोटनह्याम बाहिरिएको हो । 

आफ्नै मैदानमा खेलेको एभर्टनलाई जित दिलाउने क्रममा बर्नार्डले निर्णयक गोल गरेका थिए । त्यसअघि रिचार्लिसनले २ तथा डोमिनिक काल्भर्ट लेविन र जिल्फी सिगुर्डसनले एक एक गोल गरेका थिए ।

निर्धारित ९० मिनेटको खेलमा ४–४ गोलको बराबरी भएको थियो । टोटनह्यामका लागि डेभिन्सन सान्चेजले दुई तथा ह्यारि केन र एरिक लामेलाले एक एक गोल गरे ।

अन्य को को पुगे क्वार्टरफाइनलमा 
म्यान्चेस्टर सिटी, लेस्टर सिटी र शेफिल्ड युनाइटेड पनि एभर्टनसँगै क्वार्टरफाइनलमा पुगेका छन् । 

म्यान्चेस्टर सिटीले स्वान्सी सिटीलाई ३–१ गोल अन्तरले हरायो । 

लेस्टरले ब्राइटन एन्ड हव आल्बियनलाई १–० गोल अन्तरले हरायो । 

शेफिल्डले ब्रिस्टल सिटीलाई १–० गोल अन्तरले हरायो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ